इनरूवा । नेकपा (एकीकृत समाजवादी ) सुनसरी जिल्ला कमिटीको आयोजनामा आज इनरुवामा भएको पार्टी निर्माण ,सुदृढीकरण अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला अध्यक्ष गोविन्द निरौलाकाे अध्यक्षतामा तथा प्रमुख अतिथि केन्द्रीय उपाध्यक्ष तथा प्रदेश ईन्चार्ज घनेन्द्र वस्नेतकाे उपस्थितिमा पार्टी निर्माण ,सुदृढीकरण अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हाे ।
पोलिटव्युरो सदस्य तथा प्रदेश कमिटी का.वा अध्यक्ष धर्मराज निरौला , केन्द्रीय सदस्यहरु केशव तिम्सिना , जीवन राई, सुष्मा राई, सुनसरीका केन्द्रीय परिषद् सदस्य तथा केन्द्रीय सल्लाहकारहरु,प्रदेश कमिटी सदस्य तथा प्रदेश सल्लाहकारहरु, पालिका कमिटीका अध्यक्ष,उपाध्यक्ष सचिवहरु, पालिका ईन्चार्ज तथा सहईन्चार्जहरु सहभागी रहेको कार्यक्रम संचालन जिल्ला सचिव बसन्त सुवेदीले गरेको थियोे ।
प्रमुख अतिथि केन्द्रीय उपाध्यक्ष तथा प्रदेश ईन्चार्ज घनेन्द्र वस्नेतले स्थानिय निर्वाचन केन्द्रीत रहेर संगठन विस्तार गर्नुपर्ने, सदस्यता वितरण र पार्टी प्रवेश कार्यक्रमलाई तिव्रता दिनुपर्ने र गठवन्धनमा रहेका दलहरु विच समन्वय गर्दै आफ्नो पार्टीका जनप्रतिनिधिहरुले जनमुखी कार्य गर्नुपर्ने बताएका थिए। पोलिटव्युरो सदस्य निरौलाले सुनसरीमा एकीकृत समाजवादी अहिले नै तेस्रो शक्ति रहेको बताउँदै अझै सशक्त रुपमा संगठन निर्माणमा जोड दिनुपर्ने बताए । राजनीतिक मुद्दा विहिन भईसकेको नेकपा एमालेवाट कम्युनिस्ट आन्दोलन चल्न नसक्ने बताउँदै निरौलाले स्थानिय निर्वाचनमा सम्भावित गठवन्धनको लागि समेत तयार रहनु पर्ने बताए।
Discussion about this post