इनरूवा । नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी ) इनरुवाकाे १ नम्बर वडा कमिटी गठन भएको छ। शनिबार वडा भित्र रहेका सदस्यहरुको भेलावाट वडा कमिटी सर्वसम्मत रुपमा चयन भएको जानकारी सो पार्टीका नगर उपाध्यक्ष विशाल राईले जानकारी दिए। रईस मल्लको अध्यक्षतामा गठित उक्त कमिटीको दुई उपाध्यक्षमा कुमार सुवेदी र निमेष दाहाल,सचिवमा रितेश पोखरेल , उपसचिवहरुमा राकेश सुवेदी,निकुञ्ज पोखरेल,महिला उपसचिव सिमा पोखरेल र सदस्यहरुमा सुजल काफ्ले,धनजित गुप्ता,गोविन्द धानुक,जितेन्द्र स्वर्णकार,विशाल पोखरेल लगायतको ३१ सदस्यीय कमिटी निर्माण भएको नवनिर्वाचित कमिटीका अध्यक्ष रइस मल्लले वताए । नगर अध्यक्ष सुवास राईको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (एकीकृत समाजवादी )का केन्द्रीय परिषद सदस्यहरु शम्भु प्रसाद आचार्य, सागर तिम्सिना , प्रदेश सल्लाहकार केशव सुवेदी , जिल्ला सचिव वसन्त सुवेदी , जिल्ला सदस्यहरु विनोद कटुवाल, नवराज आचार्य,वावुराम दाहाल, राहुल सिंह,सुरेश साह नगर उपाध्यक्ष विमल उपाध्याय,विशाल राई, नगर उपसचिव दिनेश मेहता , रोजन आचार्य लगायतले सम्बोधन गरेका थिए।ृ सो कार्यक्रममा वोल्दै प्रमुख अतिथि समेत रहेका केन्द्रीय परिषद सदस्य आचार्यले १ नम्बर वडा राजनीतिक दृष्टिकोणले इनरुवाकाे महत्त्वपूर्ण वडा रहेको हुँदा आइरहेको स्थानिय निर्वाचनमा आफ्नो पार्टीलाई स्थापित गर्ने गरि तयारीमा लाग्न नव गठित कमिटीलाई निर्देशन दिएका थिए। युवाहरूको नेतृत्वमा वनेको यस कमिटीवाट आफू थप आशावादी रहेको वताउँदै उनले जनमैत्री कार्य गरे मात्रै सच्चा कम्युनिष्ट वन्न सकिने धारणा राखेका थिए। इनरुवा नगरपालिका निर्माणका महत्त्वपूर्ण हस्तिहरु दिलवहादुर श्रेष्ठ र होमबहादुर श्रेष्ठका भान्जा समेत रहेका नवनिर्वाचित अध्यक्ष मल्लले आफ्नो क्षमता र योग्यताले भ्याएसम्मको योगदान वडा र समग्र पार्टीलाई दिने प्रतिवद्धता व्यक्त गरेका थिए।
Discussion about this post