दिपेन्द्र यादव/इनरुवा – सुनसरी जिल्लाको इनरुवामा तेस्रो जितिया महोत्सव २०८१ भव्य रूपमा सम्पन्न भएको छ। राष्ट्र सेविका नेपालद्वारा आयोजित यस महोत्सवमा १० हजारभन्दा बढी महिलाहरूको सहभागिता रहेको थियो। “मातृत्व, कर्तृत्व, नेतृत्व” भन्ने नाराका साथ आयोजित महोत्सवले महिलाहरूको सांस्कृतिक, धार्मिक र नेतृत्व क्षमतामा जोड दिएको छ।
जितिया पर्व हिन्दू धर्मावलम्बीहरू, विशेष गरी मिथिलाञ्चल क्षेत्रका महिलाहरूले मनाउने प्रमुख पर्व हो। जितिया पर्वमा महिलाहरूले सन्तानको दीर्घायु, स्वास्थ्य र समृद्धिको कामना गर्दै तीन दिनसम्म कठोर व्रत बस्छन्। पहिलो दिन ‘नहाय-खाय’ गरी शुद्ध भई, दोस्रो दिन निर्जल व्रत बस्ने र तेस्रो दिन ‘पारन’ गरेर व्रत तोड्ने परम्परा रहेको छ, जसले सामाजिक र पारिवारिक सम्बन्धलाई अझ प्रगाढ बनाउँछ।
इनरुवामा सम्पन्न तेस्रो जितिया महोत्सवमा महिलाहरूको व्यापक सहभागिताले यस पर्वलाई विशेष बनाएको छ। जितिया पर्व महिलाहरूको आस्था, संस्कृति र धार्मिक मान्यताका धरोहरलाई सम्मान गर्दै मनाइएको थियो।
महिला सशक्तिकरणको सन्देश फैलाउने उद्देश्यले राष्ट्र सेविका नेपालले महोत्सव आयोजना गरेको हो।
महिलाहरूको नेतृत्व क्षमतालाई उजागर गर्न ‘मातृत्व, कर्तृत्व, नेतृत्व’ नाराको मर्म अनुरूप महोत्सव सम्पन्न गरिएको हो।
स्थानीय निलम मेहताको नेतृत्वमा सुनसरी सदरमुकाम इनरुवामा तेस्रो पटक जितिया महोत्सवको सफल आयोजना गरिएको थियो। । महोत्सवमा इनरुवा नगरपालिकाका नगरप्रमुख केदार भण्डारी, गढी गाउँपालिकाकी उपाध्यक्ष अनिता कुमारी साह, मैथिली साहित्यकार तथा गायक रुपा झा, धिरेन्द्र झा लगायतका प्रमुख व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
महोत्सवको विशेष आकर्षणमा मैथिली साहित्यकार तथा गायक रुपा झाको सांगीतिक प्रस्तुति रह्यो। उनले जितिया पर्वको ऐतिहासिकता र धार्मिक महत्त्वलाई सांगीतिक माध्यमबाट प्रस्तुत गर्दै महिलाहरूको धार्मिक आस्थालाई थप प्रगाढ बनाइन्। यस्ता प्रस्तुतिहरुले धार्मिक आस्था र सांस्कृतिक धरोहरलाई उजागर गर्दै महिलाहरूमा गर्वको भावना जगाएका छन्।
जितिया महोत्सव धार्मिक पर्वको रूपमा मात्र नभई, महिलाहरूको नेतृत्व क्षमतालाई अगाडि बढाउने एक महत्वपूर्ण माध्यम भएको छ। यस महोत्सवले महिलाहरूलाई आफ्नो सांस्कृतिक धरोहरप्रति गर्व गर्दै समाजमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम बनाएको छ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post