रबिन्द्र यादव / नवलपरासी पश्चिम ।
नवलपरासीमा म्यादी प्रहरीको लागि आवेदन दिएका मध्ये शारीरिक परीक्षामा उत्रिण भएकाले परासीको आदर्श मावि मैदानमा लिखित परीक्षा दिएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीले ११ सय ३८ जना म्यादी प्रहरीको लागि आवेदन खुल्ला गरेको छ । लिखित परिक्षाको अन्तिम नतिजा प्रकाशन आइतबार गरिने जिल्ला प्रहरीका सुचना अधिकारी एवम् प्रवक्ता प्रेम बहादुर शाहीले जानकारी दिए । म्यादी प्रहरी भर्नाका लागि नवलपरासी पश्चिम जिल्लामा ५ हजार ७ सय ३८ जनाले आवेदन दिएको शाहीले बताएका हुन ।
Discussion about this post