शुभ नारायण यादव /सप्तरी ।
आगामी ३० वैशाख तय भएको स्थानीय तहको निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) सप्तरीले उम्मेदवार घोषणा सुरु गरेको छ । माओवादी केन्द्रले महादेवा गाउँपालिका–१ मा राधेश्याम यादवलाई वडाध्यक्षको उम्मदेवार बनाएको घाेषणा गरेको छ ।
सर्वसहमतिका आधारमा उम्मेदवारको टुंगो लगाइएको माओवादी केन्द्र महादेवा गाउँपालिका अध्यक्ष मनोज यादवले जानकारी दिनुभयो । उहाँका अनुसार चुनाव लक्षित घरदैलो तथा कार्यकर्ता भेटघाट भइरहेको बताउनु भएको छ ।
सप्तरीमा १८ वटा पालिका छन् । ती पालिकामामा १६३ वडा छन् । सो छलफल तथा निर्वाचन अन्र्तक्रियामा गापाका स्थानिय नेता दिपेन्द्र माझी,मनोज यादव,कृष्णदेव मण्डल,वेजु कामैत,महमद सकु्र,रामविलास यादव,भागवत साह,राजाराम यादव,देवकिसुन यादव,योगेन्द्र यादव,पत्रकार देवराम यादव,राजविराज नपाका अध्यक्ष रामगमन साह लगायतको उपस्थिती रहेको थियो । महादेवा गापामा ६ वटा वडा छन् । महादेवा गाउँपालिकामा १६ हजार ८ सय ५० जना मतदाता रहेको छ ा
सरकारले बैशाख ११ र १२ गते उम्मेदवारी दर्ता १६ गते अन्तिम नामावली प्रकाशनको तयारी गरेका छन् भने बैशाख ३० गते मतादानको मिति घोषणा गरेको छ ।
यसेबिच आगामी ३० वैशाख तय भएको स्थानीय तहको निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) महादेवा गापा स्तरीय निर्वाचन प्रचार प्रसार मुल समिति ५५ सदस्यीय गठन भएको छ । सो समितिमा मनोज कुमार यादव–सयोजक रहेको छ भने कृष्णदेव मण्डल,महमद सकुर,महमद दाउद,बैजु कामैत,भागवत साह,राधेश्याम यादव,रामविलास यादव,फुलोदेवी सदा,विनोद यादव,विवेक यादव,भुपेन्द्र यादव,अशोक मण्डल,हरि नारायण यादव,देवकिसुन यादव,राजाराम यादव,सुदिलाल यादव,रमेश यादव,वालकिसुन पण्डित,दुःखी राम,फरेवी सदा,सीताराम खंग,योगेन्द्र साह,सुकसेन खंग,राम चन्द्र मण्डल,प्रकाश मण्डल,भोला खंग,सुगानन्द सदा,जीवछ राम,चन्द्र नारायण खंग,जगदेव मण्डल,इन्द्रिजित मण्डल,हरि नारायण मण्डल,इन्द्र कुमार मण्डल,जोगेन्द्र साह,गुलाई सदा,सिलेन कामैत,महमद रसिद,शत्रुधन यादव,तिलेश्वर मण्डल,अरविन्द मण्डल,देवु राम,जय नारायण अधिकारी,पुरुषोतम मण्डल,सिफेत मण्डल,सैलेन्द्र यादव,ममता कुमारी माझी,पर्मिला यादव,प्रदिप माझी,प्रवेज पैकरा,राम नारायण यादव,संतोष यादव,सदस्य रहेका छन महादेवा गापामा ६ वटा वडा छन् । महादेवा गाउँपालिकामा १६ हजार ८ सय ५० जना मतदाता रहेको छ ।
Discussion about this post