इनरुवा । सुनसरीको हरिनगर गाउँपालिकामा औपचारीक रुपमा टाईफाईड रोग विरुद्धको खोप अभियान सञ्चालन भएको छ । टाईफाईड रोग विरुद्ध खोप अभियान २०७८÷०७९ अन्तर्गत अभियान सञ्चालनको पहिलो दिन हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारीले १४ वर्षिया रन्नु मण्डललाई खोप लगाउनुहुदै अभियानको सुरुवात गर्नुभयोे । देशभरी एकै चरणमा २०७८ चैत्र २५ देखि २०७९ वैशाख १८ गते भित्र सम्पन्न गर्ने भएकाले सोही अनुसार जिल्लाका १२ वटै पालिकामा तालिका बनाएर सञ्चालन गरिने क्रममा हरिनगरको बसन्तपुरमा अभियान सुरु गरेको बसन्तपुर स्वास्थ्य चौकीका प्रमुख देवनारायण साहले बताउनुभयो । साहका अनुसार जिल्लाका १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरूलाई १ मात्रा खोप लगाइने गरि ११ सय बालिकालाई स्वास्थ्य चौकीले खोप लगाउने लक्ष्य लिएको छ । उता जिल्लाका १२ पालिकाका १२४ वडाका दुई लाख २४ हजार ३ सय १६ जना बालबालिकालाई खोप लगाइने लक्ष्य रहेको बताउनुभयो । नियमित खोप मार्पmत १५ महिनाको उमेरका सबै बालबालिकाहरुलाई १ मात्रा खोप निरन्तर उपलब्ध गराइने लक्ष्यका साथ अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय प्रमुख सागर प्रसाईले बताउनुभयो ।
Discussion about this post