इनरुवा ।सुनसरीको रामधुनी नगरपालिका २ का एक अभिभावकले आफूलाई न्याँयको लागि पहल र सहयोग गरिदिन आग्रह गर्नुभएको छ । आफ्नी छोरीको अपहरण भएको भन्दै प्रहरी प्रशासनमा धाउदाँ कुनै सुनुवाई नभएकोले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सुनसरीमा चैत २७ गते आफूलाई न्याँयको लागि पहल र सहयोग गरिदिन आग्रह सहित निवेदन दिनुभएको छ । एक ४२ वर्षिय अभिभावकले आफ्नी १६ वर्षिया छोरीको रामधुनी नगरपालिका २ का २१ वर्षिय नविव मियाँ र उनका साथी भोक्राहा नरसिंह गाउँपालिका ५ का २२ वर्षिय फरमान आलमले फागुन १८ गते आफन्तकोमा भोज खान गएको मौका छोपी अपहरण गरि बेपता बनाएकाले दोषीलाई कार्वाही र छोरीको सकुशल फिर्ता सहित न्याँयका लागि पहल गरिदिन आग्रहको लागि पहल र सहयोग गरिदिन आग्रह गर्दै इन्सेकमा निवेदन दिनुभएको हो । ती अभिभावकले इलाका प्रहरी कार्यालय पकली र जिल्ला प्रहरी कार्यालय सुनसरी इनरुवामा उजुरी गर्दा समेत सुनुवाई नभएको भन्दै त्यसमा पहल गरि दिन र सहयोग गरिदिन इन्सेकसंग आग्रह गर्नुभएको छ । इन्सेकले प्रहरीमा उजुरीको सुनुवाई नभएको बारेमा आएको निवेदनका बारेमा जिल्ला प्रहरी कार्यालयका प्रवत्ता डिएसपी नरेन्द्र कुमार कार्कीसंग बुझ्दा घटनाका बारेमा आफू जानकार नभएको प्रतिकृया दिनुभयो । यदी अपहरण भएको हो भने त्यसबारेमा प्रहरीले खोजतलास गर्ने समेत बताउनुभयो ।
Discussion about this post