इनरूवा । सुनसरीको इनरुवा नगरपालिका ५ बलाहामा एकपछि अर्को भ्रष्टाचार र अनियमितता भएको रहस्य बाहिर आएको छ । स्थानीयबासीहरुले टिकट काट्ने व्यक्ति वडा अध्यक्षपछि उसको आर्थिक हैसियतमा आएको परिर्वतनलाई पदिय दुरुपयोग, अनियमितता र भ्रष्टाचारसंग जोडिएको रहस्य बाहिर आएको छ । इनरुवा नगरपालिका ५ नम्बर वडा अध्यक्ष अन्जनी पोखरेलले पदमा पुगेपछि व्यापक आर्थिक अनियमितता र भ्रष्टाचारमा लिप्त भएर काम गरेको वडाबासीको आरोप छ । बलाहा शैक्षिक र बौद्धिक वर्गको थलो भएकाले उही ठाउँमा अनियमितता र भ्रष्टाचार अनि कमसल काम भएकोले आफूहरुलाई पनि लाज जागेको स्थानीय खुबलाल चौधरीले बताउनुभयो । वहाँले नागरिक प्रति उतरदायी हुनुपर्ने जनप्रतिनिधिहरु व्यक्ति र परिवारबादमा लिप्त भएको आरोप लगाउनुभयो ।
सनिबार विहान एक पत्रकारलाई प्रतिकृया दिदै बलाहा टोलका एक स्थानीय बासीले भन्नुभयो, “सुन्नुस है पत्रकार महोदय हाम्रो इनरुवा ५ मा बेल हो कि जाडको घ्याम्पो, म सहित बलाहाबासी भन्छौ ५ लाख झ्वाम भो ।” होईन यो वडामा भ्रष्टाचार अनियमितता, बाढीको राहत कुम्लयाउने, सामाजिक सुरक्षा भत्ता समयमा नदिनेलाई कावार्ही हुदैन कि के हो ?
वडा अध्यक्ष अनियमितता र भ्रष्टाचर गरेको बारेमा पोखरेल निर्वाचित भएको पार्टी नेकपा एमालेका जिम्मेबार व्यक्तीसंग प्रतिकृया माग्दा पार्टीलाई उपेक्षा गरेको अध्यक्षका बारेमा हामीले के प्रतिकृया दियौ ।
ती नेताले वडाबासीलाई नपच्ने गरी “इनरुवा ५ बलाहाको पहिचान भन्ने बेलको आकार ठूलो न ठूलो गाउँलेको भनाईमा जाडको घ्याम्पो जस्तो छ, तर खोई कसरी त्यसमा पाँच लाख खर्च भो भन्छन, के हो आफूलाई त्यो पनि थाहा छैन ।” हालका वडा अध्यक्ष पोखरेलका कारणले बलाहामा एमाले बदनाम भएको समेत एमाले वृतका अगुवा नेताकार्यकर्ताको गुनासो छ । यता इनरुवा नगरपालिका ५ नम्बर वडा अध्यक्ष अन्जनी पोखरेलले भने आफूले थारु टोलमा नै बेलको प्रतिक राखने प्रयास गरेको तर मोही नारायण चौधरी सहितका केही व्यक्तिहरुले विरोध जनाएपछि वडा कार्यालयमा राखेको र त्यसमा कुनैपनि अनियमितता नगरेको दावी गरेका छन् ।
Discussion about this post