इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका मतदाताहरुले रमेश आउँ, भोक्राहा नरसिंह बचाऔँ भन्न थालेका छन् ।
स्थानीय तह निर्वाचन २०७९ मा भोक्राहा नरसिंह गाउँपालिका अध्यक्षमा नेकपा एमाले भोक्राहा नरसिंह गाउँ कमिटी इन्चार्ज तथा जिल्ला सदस्य समेत रहेका रमेश यादवलाई स्थानीय मतदाताहरुले आउँ रमेश, भोक्राहा नरसिंह गाउँपालिका बचाउँ भन्न थालेका छन् ।
पछिल्लो समय यता भोक्राहा नरसिंह गाउँपालिकामा, चोरी, तस्करी, हत्या, बालात्कार जस्ता घट्नाहरु दिनदिनै बढ्न थालेपछि मतदाताहरुले रमेश यादवको खोजी सुरु गरेको स्थानीय गुड्डु यादवले बताए ।
रमेश यादव गाउँमा निर्माण व्यवसायीको कामबाट आफ्नै राजनीतिक यात्रा तय गरेदेखी नै विकास र शुशासनको पक्षमा वकालत गर्दै जनताको पीडामा जहिलेपनि मल्हम लगाउँने काम गरेकाले उनलाई गाउँवासीले गाउँपालिका अध्यक्ष बनेको हेर्न चाहेको यादवले बताए ।
गाउँमा योग्य र इमान्दार नेताको खाँचो रहेको बेला रमेशलाई स्थानीय मतदाताहरुले ल्याउँनुपर्ने माग थालेका छन् ।
Discussion about this post