शुभ नारायण यादव/ सप्तरी । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा न. ७ स्थित सडैपार टोलमा दुर्घटनाको उपचार खर्च नपाएपछि बालकलाई सडकमा राखि आज घण्टाै सम्म यातायात अबरोध गरेका छन् ।
गत पुुष २१ गते तिब्र गतिमा रहेका राजबिराजबाट मंसापुर गई रहेका ना ५ ख १५६० नम्बरको अर्जुन रथ बसले ठक्कर दिदा बच्चा सडकमा ढलेका थिए । सडकमा ढलेका बच्चालाई चालकले बसलाई पछाडी गरी दुुबै खट्टामा बसले किचेको स्थानीयहरुले बताएका छन् । यता साे दुर्घटना पश्चात दुर्घटनामा परेका बालकलाई उपचारको लागि राजबिराज स्थित छिन्नमस्ता अस्पतालमा उपचार गरेका थिए । छिन्नमस्ता उपचारमा तत्काली उपचार गरि बालकको ज्यान बचाए पनि चिकित्सकको अनुुसार बालकको थप उपचारको लागि बाहिर नलगे दुुबै खुुट्टा काटुन पर्ने अवस्था भने पछि थप उपचारका लागि भारत स्थित तमिनलाडुु लगेका थिए । भारत लग्ने समयमा जिल्ला प्रहरी कार्यालय राजबिराजमा केही रकम दिई उपचारका लागि भारत लग्ने र उपचारको क्रममा बिस्तारै रकम भारत पठाउने लिखित सम्झौता गरी नियन्त्रमा लिएका बस र गाडीको चालकलाई जिल्ला प्रहरी कार्यालय राजबिराजले छोडेका थिए ।
बालकलाई उपचारको क्रममा पनि बारम्बार ताकेता गर्दा पनि आज भोली दिन्छुु भन्दै उपचार खर्च नदिएको भन्दै बालक, बालकको आमा र परिवारहरु रोडमा बसेका थिए । यता गत चैत्र २९ गते जिल्ला प्रशासन कार्यालय सप्तरीमा बसेर छलफल गरी उपचार खर्च दिने सहमतीमा सडक जाम बेेलुका ७ बजे खुलेका छन् ।
Discussion about this post