इनरुवा । सुनसरीको गढी गाउँपालिका ६ सझैरझोरा भवानीपुरमा ब्यबसायिक बाख्रा पालन गर्दै आएको आर्य कृषि फर्मले बाख्रा श्रोत स्थापना कार्यक्रमको सार्वजनिक सुनुवाई गरेको छ ।
सोमबार एक कार्यक्रमको आयोजना गरि स्वास्थ्य मासु उत्पादनको लागि बाख्रा पालन कार्यक्रमको आर्य कृषि फर्मको कार्यालयमा बाख्रा पालनका बारेमा सार्वजनिक सुनुवाई गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथी गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादवले बााख्रापालनको ठूलो संभावना रहेको भएले यो कार्यक्रमले थप फड्को मार्नेमा आफू बिश्वस्त रहेको बताए । ग्रामिण क्षेत्रमा बाख्रापालनको संभावनाहरुलाई बिज्ञद्वारा समेत संभावना देखेको भएर बाख्रालाई ब्यबस्थित गरेर पाल्न आवश्यक रहेको यादवले बताए ।
उपाध्यक्ष राजकुमारी चौधरीले बाख्रा पालनका कामहरुलाई अझै सुधार गरेर उच्चतम प्रतिफलको लागि छलफल गर्न आग्रह गरे । छलफलका माध्यमबाट कार्यक्रमहरु उच्च सफलता हासिल गर्न सक्ने भएकाले यसलाई निरन्तरता दिन आवश्यक रहेको बताए ।
नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजना विराटनगरको सहयोगमा आर्य कृषि र्फम गढी ६ ले गाउँमा कृषकलाई आत्मनिर्भर बन्नका लागि रचनात्मक काम गरेको जनाएको छ । यसलाई थप राम्रो गर्न आवश्यक रहने भएकाले बाख्रापालन ब्यवसायबाट ठुलो आम्दानी गर्न सकिने चौधरीले बताए । ब्यबसायलाई फरक पन दिन सक्दा समेत सफलता मिल्ने भएकाले स्वस्थ्य रुपमा बाख्रा पालन गरेर बृहत उत्पादन गर्न आवश्यक रहेको बताउनुभयो । बाख्रा पालनलाई व्यस्थित गर्न सके स्वस्थ्य मासु उत्पादनमा योगदान पुग्ने समेत चौधरीले बताए । र्फमका अध्यक्ष सितादेवी मेहताले बाख्रापलनमा गढीले धेरै ठूलो फड्को मारिरहेको बताए । फर्ममा ७३ पुरुष र ८५ महिला गरि १५८ जना लाभावित रहेको बताए । कार्यक्रम संस्थाका अध्यक्ष मेहताको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमलाई सुरेश कुमार मेहताले संचालन गरेको थियो ।
गाउँमा विगतदेखी निर्वाहमुखी बाख्रा पालन हुदै आएकोमा अहिले वर्ड बंैकको सहयोगमा नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रिकृत आयोजना सहयोग इकाई विराटनगरको ६० लाख ४ हजार ५ सय रुपैयाँ सहयोग र स्थानीयको साझेदारी सहित एक करोड २० लाख ९ हजार लाग्तमा स्वास्थ्य मासु उत्पादनका लागि बाख्रा पालन कार्यक्रम सुरु भएको छ । यो कार्यक्रम अन्तरगत आर्य कृषि फर्मले गढीका १५८ जना कृषकहरुलाई आवद्ध गराएर लाभ दिने गरि बाख्रा पालनलाई व्यस्थित गर्न लागेको जनाएको छ ।
Discussion about this post