इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा चुनावी सरगर्मी बढ्दैँ जादाँ उम्मेदवारी दार्ता नहुदैँ मतदाताहरुले आफ्ना नेतालाई मतदान गर्न आग्रह गर्दै चुनावी अभियानमा जुटेका छन् ।
नेकपा एमालेका इनरुवा नगरपालिकामा नेता तथा कार्यक्रर्ताहरुले नगर उप प्रमुखमा सरिता कार्कीलाई मतदान गर्न आग्रह गर्दै घरदैलौ नै थालिसेकेका छन् ।
कार्की मानवअधिकार र महिला अधिकारको क्षेत्रमा दुई दश्क देखी निस्वार्थ भावले सेवा गर्दै पार्टीमा पनि एउटा सच्चा कार्यक्रर्ता भएर बसेका कारण पार्टीलाई टिकट दिन र मतदातालाई मतदान गर्न अपील गर्दै अधिकारकर्मी महिलाहरुले इनरुवामा घरदैलौ नै थालिसकेका छन् ।
कार्कीलाई स्थानीयहरुले मतदान गर्न आतुर रहेको स्थानीय टिका यादवले बताइन् ।
कार्की स्थानीय देखी केन्द्र तह सम्म राजनीतिक पहुँच र सम्मानबाट सम्मानीत व्यक्ति भएकाले इनरुवा नगरमा उनको आवश्यकता रहेको यादवको भनाई रहेको छ ।
कार्की तीन दर्जन बढी सम्मान र पुरस्कारबाट सम्मानीत व्यक्ति भएको कारण पनि आसन्न स्थानीय तहको निर्वाचनमा एमालेबाट इनरुवा नगरपालिकाको उप मेयर पदमा सरिता कार्की घिमिरेको नाम मुख्य दावेदारिको रुपमा देखिएको छ ।
कार्की यस वर्ष नेपाल प्रहरीको आइजीपी शैलेश थापा क्षेत्रीको हातबाट सम्मानीत् हुने सुनसरीको पहिलो अधिकारकर्मी समेत भएकाले चुनावमा उनलाई नै टिकट दिनुपर्ने तर्क पार्टी भित्र उठेको स्रोतको भनाई रहेको छ ।
यता चुनावी माहोल तातिदै जादा धेरै आकांक्षीहरु देखिदै गर्दा सफल सामाजिक अभियान्ताको रुपमा आफूलाई स्थापित गराइसकेकी इनरुवा ३ नम्बर वडा निवाशी घिमिरेलाई भावी उप मेयरको रुपमा हेर्न थालिएको हो ।
स्पष्ट र निडर वक्ताको रुपमा आफूलाई स्थापित गराएकी घिमिरे दर्जनौं संघ संस्थामा आवद्ध मात्र छैनन् धेरै संस्थाहरुको नेतृत्व समेत गरिरहेकी छिन् । विद्यार्थी कालदेखि नै पार्टीमा योगदान दिदै आएकी घिमिरेले यतिखेर नेकपा एमालेको इनरुवा नगर कमिटी उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेकी छिन् ।
लैङ्गिक हिंसा, लागू औषध दुर्व्यसन विरुद्ध निरन्तर लागिपर्दै जनताका दुःख, समस्याहरुमा जहिले सहयोगी भूमिकामा पुग्ने गरेकी घिमिरेको नगर भित्र राम्रो लोकप्रियता छ । पार्टी भित्र उप मेयरको आकंक्षी स्वभाविक रुपमा धेरै भएता पनि अहिले एमालेजनमा सबैभन्दा बढी उनकै चर्चा छ । पार्टीले उपमेयरको उम्मेदवार बनाए सजिलै जित्न सक्ने उमेदवारको रुपमा पनि उनैलाई हेरिएको छ ।
पार्टीले आफ्नो योगदान र दक्षतालाई मुल्यांकन गरेर उमेदवार बनाए आफू मैदानमा उत्रन तयार रहेको उनी बताउछिन् । उनी आफूलाई पार्टीले बिश्वास गरे चुनावमा आफूले जितेर देखाउने दावी गर्छिन् । आफू स्वभाविक रुपमै उप मेयरको पहिलो दावेदार भएता पनि टिकट लिनलाई आफू नेताको घर घर नधाउने उनको भनाइ छ । ‘पार्टीले यतिखेर जित्न सक्ने उमेदवारलाई नै टिकट दिन्छ भन्नेमा म बिश्वस्त छु । पार्टीले गर्ने निर्णयलाई सहजै स्विकार्छु ‘ उनी भन्छिन् ।
इनरुवा नगरपालिकामा पार्टीहरुले मेयर तथा उप मेयरको उमेदवार बनाउदा विशेषतः मधेसी तथा पहाडी समुदायको फरक पारेर टिकट दिने गरेको देखिन्छ । योगदान र लोकप्रियता भन्दा समुदाय हेरेर टिकट बाढ्दा राम्रा मान्छेले टिकट नपाउने र राजनीतिमा खासै योगदान तथा योग्यता नभएकाले टिकट पाउने गरेको देखिएको छ । जुनसुकै समुदायको प्रतिनिधित्व गरेर आएता पनि पुरुषले प्रायः मेयरकै पदमा दावी गर्ने हुँदा उप मेयरमा समुदाय मिलाउँदा राम्रा र योग्यहरु पाखा लाग्न बाध्य हुने गरेको स्वयम् पार्टीकै कार्यकर्ता दुखेसो पोख्छन् ।
कुन समुदायको कसले मेयरमा टिकट पायो भनेर हेरिएन भने यसपटकको निर्वाचनमा सरिता कार्की घिमिरेले नेकपा एमालेबाट पक्का उप प्रमुख पदको टिकट पाउने एमालेजनको दावी छ । उनले टिकट पाए एमालेलाई जित्न पनि सजिलो हुने एमाले कार्यकर्ताको समेत भनाइ छ ।
Discussion about this post