मान बहादुर ठकुल्ला/टीकापुर । कैलालीको टीकापुर नगरपालिका वडा न ७ स्थित गत साेमबार २१ गते आगलागीबाट पिडित एक व्यापारीलाई सहयोग प्रदान गरिएको छ ।
टीकापुर ७ सत्तिका भाँडा पसल संचालक प्रेम( नन्कु ) गुप्ताको पसलमा बिजुली सर्ट भइ आगलागी भएको थियो । भाँडा पसलमा विद्युत सर्ट हुँदा राति ८ बजे भएको आगलागीबाट पसलमा रहेका सामान जलेर नष्ट भएको थियो ।
पिडित व्यापारीलाई राहत स्वरुप सत्ती र नारायणपुर बजारका व्यापारी बाट संकलन गरि २२ हजार ३ सय ३५ रुपैयाँ सत्ति नारायणपुर बजार व्यवस्थापन समितिले मंगलबार प्रदान गरेको छ । क्षति बाट पुगेको पुरा राहत दिन नसके पनि पिडितलाई राहत स्वरूप मल्हम पट्टी लगाउने काेशिस गरेको सत्ति नारायणपुर बजार व्यवस्थापन समितिका अध्यक्ष पल बहादुर बस्नेतले बताए । साेहि कार्यक्रममा घर मालिक लाई पनि ५ हजार रुपैयाँ सहयोग प्रदान गरिएको थियो
Discussion about this post