शुभ नारायण यादव /सप्तरी । पछिल्लोपटक स्थानीय तहकाे निर्वाचनकाे मिति नजिकिँदे जादा विभिन्न पार्टी प्रवेश गर्ने लहरे मधेश प्रदेशमा शुरु भएको छ । साेहि क्रममा नेकपा एमालेबाट विजयि भएका सप्तरीको राजगढ गाउपालिका वडा न.४ बेल्हि चपेनाका वडाखध्यक्ष एमाले परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन । नेपाली काग्रेस राजगढ़ गाउपालिकाको कार्य समिति सभापति दिपेन्द्र प्रसाद यादवको अगुवाईमा राजगढ़ गाउपालिका वाड नः४ का वडाअध्यक्ष हेम नारायण साहले नेपाल कम्युनिस्ट पार्टी परित्याग गरि नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेका छन । विगत केही दिन यता स्थानीय तहकाे निर्वाचनकाे मिति नजिकिदै जादा विभिन्न पार्टी प्रवेश तथा परित्याग गर्ने लहरे मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा शुरु भएको जानकारहरु बताउछन । एक पार्टीले निर्वाचनको लागि टिकट नदिदा अर्को पार्टीमा प्रवेश गर्ने चलन बढेकाे राजनितीककर्मिहरु बताउँछन् ।
Discussion about this post