इनरुवा । सुनसरीको कोशी गाउँपालिकामा स्थानीय महिलाहरुलाई ४५ दिने सिलाईकटाई तालिम दिए र मेसिन समेत वितरण गरिएको छ ।
गरिबी निवारणका लागि लद्यु उद्यम विकास कार्यक्रम अन्तरगत स्तरउन्नती तर्फ सिलाईकटाई स्केल अप सीप विकास तालिम दिएको हो ।
कोशी महिला लद्यु उद्यमी समुहका ११ जनालाई तीन महिने तालिम पछि सिलाई कटाई मेसिन प्रदान गरेको थियोे भने यो लटमा ४५ दिने तालिम दिएको गाउँपालिकाले जनाएको छ ।
सहभागी सबैलाई गाउँपालिकाको अनुदानमा सिलाईकटाई मेसिन र आइरन वितरण गरेको जनाएको छ ।
तालिम समापन्न कार्यक्रममा सामग्री हस्तान्तरण गर्दै स्वरोजगारका लागि प्रेरित गरेको जनाएको छ ।
आज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चौलाराज दंगाल, समाजिक विकास शाखा प्रमुख राजकिशोर मेहता, कार्यपालिका सदस्य सरिता मण्डल लगायतका सहभागीता रहेको थियो ।
सिलाई कटाई मेसिन र आइरनले आफ्नो घरको लुगा सिलाउनुका साथै आफ्नो जीविकोपार्जका लागि समेत योगदान गरेको सहभागी गीता उराँवले बताइन् ।
Discussion about this post