इनरुवा । सुनसरी भोक्राहा नरसिंह गाउँपालिका वडा नं.७ स्थित रहेको स्वास्थ्य चौकी नरसिंहलाई स्वास्थ्य शाखाकाे आयाेजनामा पोषण मैत्री स्वास्थ्य संस्था घोषण गरिएको छ ।
भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ नरसिंहका वडाध्यक्ष रामचन्द्र यादवको अध्यक्षतामा सुरु भएको कार्यक्रममा स्वास्थ्य चौकी नरसिंहलाई पोषण मैत्री स्वास्थ्य संस्था घोषण गरिएको हो ।
घोषणा कार्यक्रममा बोल्दैँ वडाध्यक्ष यादवले भने स्वास्थ्य चौकी नरसिंहका स्वास्थ्यर्कीहरुले गरेको मेहनतको कारण आज पोषण मैत्री स्वास्थ्य संस्था घोषणा गर्न सफल भएको बताए ।
उनले भने आगामी दिनमा भोक्राहा नरसिंह गाउँपालिकाको सवै वडामा पोषण मैत्री स्वास्थ्य संस्था बनाउनु पर्ने बताउदैँ गाउँपालिकाका ८ वटै वडालाई कुपोषण मुक्त बनाउने अभियान सञ्चालन गर्नुपर्ने बताए ।
Discussion about this post