इनरुवा ।जिल्ला प्रहरी कार्यालय सुनसरीका तीन जना प्रहरी निरीक्षकलाई अधिकारकर्मीहरुले विहीबार एक कार्यक्रम बिच सम्मान तथा विदाई गरिएको छ । गैरसरकारी संस्था महासंघ सुनसरीले मानवअधिकारमैत्री काम गरेको र जिल्लामा बस्दा इमान्दारिता पूर्वक जिम्मेबारी निर्वाह गरि सरुवा भई जान लागेका प्रहरी निरीक्षक सुभाष भट्टराई, मिना राई र जयदेव माझीलाई जिल्लाका अधिकारकर्मीहरुले मायाको चिनो र खादा लगाएर विहीबार सम्मान तथा विदाई गरिएको हो ।
भट्टारई इलाका प्रहरी कार्यालय राजारानी धनकुटा, राई काठमाण्डौ र माझी इलाका प्रहरी कार्यालय दुहवी सरुवा भएकाले वहाँहरुलाई बिदाई तथा सम्मान गरेको गैरसरकारी संस्था महासंघ सुनसरीका अध्यक्ष मेघराज न्यौपानेले जानकारी दिनुभयो । सम्मान तथा विदाई कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्रकुमार कार्की,अधिकारकर्मी तथा गैरसरकारी संस्था महासंघ सुनसरीका सदस्य सरिता कार्की, पत्रकार तथा इन्सेक प्रतिनिधि जयकृष्ण यादव सहितकाले संयुक्त रुपमा प्रहरी निरीक्षक भट्टराई, राई र माझीलाई प्रशंसा स्वरुप सम्मान गर्दै अविर, मायाको चिनो र खादा ओढाएर बिदाई गरेका थिए ।सम्मान तथा विदाई कार्यक्रमको संचालन गैरसरकारी संस्था महासंघ सुनसरीले गरेको थियो । विदाई भएर जानलाग्नु भएका प्रहरी निरीक्षकहरुले आफूहरुको काम जहाँ भएपनि देश र जनताको सेवा गर्ने भएकाले यसप्रकारको माया स्नेह र सम्मानले थप काममा प्रेरणा र उत्साह मिलेको प्रतिकृया दिदै टाठा भएपनि सम्बन्ध असल रहने बताएका थिए ।
Discussion about this post