नेपाली काग्रेंसका केन्द्रिय सदस्य तथा प्रदेश १ संसदिय दलका नेता राजिव कोईरालाले स्थानीय तहको निर्वाचनमा सबै ठाउँमा काग्रेंसका उम्मेदबार जित्ने दावी गर्नुभएको छ । सनिबार सुनसरी सदरमुकाम इनरुवा ९ बबियामा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुदै वहाँले नेपाली कांग्रेस सुनसरीको १२ वटै पालिका तथा १२४ वटै वडामा जित्ने दावी गर्नुभएको हो । नेता कोईरालाले भन्नुभयो, एक महिने ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानको कार्यक्रममा देखिएको लहर र अन्य पार्टी त्यागेर काग्रेंस प्रवेश गर्नेहरुको जनलहरले काग्रेंसको उम्मेदबार जित्ने संकेत देखिएको बताउनुभयो । वहाँले स्थानीय तहको निर्वाचनमा काग्रेंसको अवस्था देशभर नै विगतको भन्दा सुध्रिने विश्वाश समेत व्यक्त गर्नुभयो । वहाँले पार्टीमा योगदान गरेका, संगठन गरेका, जनसम्र्पक र जनताको मन जित्न सक्नेहरुलाई उम्मेदबार बनाउने र जो कोही उम्मेदबार भएपनि काग्रेसले जित्ने बताउनुभयो ।
नेकपा एमाले साविक बबिया गाविस गाउँ सचिव तथा हाल टोल समितिका अध्यक्ष किसोर चौधरी सहितका नेताकार्यकर्ताहरुलाई काग्रेंसमा प्रवेश गराउनुहुदै नेपाली काग्रेंस ऐतिहासिक पृष्टभुमी भएको पार्टी, जनताको पार्टी, लोकतन्त्रको रक्षक पार्टी र संविधान निर्माण गर्ने पार्टी भएकाले पार्टीका उम्मेदबार जित्ने बताउनुभयो ।
त्यसैगरी पार्टीका जिल्ला सभापती केदार भण्डारीले देशभरमा कम्जोर रहेको बेला पनि सुनसरी जिल्लामा धेरै सिट जित्ने काग्रेंस पार्टी भएकाले त्यसलाई कायम राख्दै थप जित्ने गरि नेता कार्यकर्ताहरुलाई लागिपर्न आग्रह गर्नुभयो ।
जिल्लामा अवस्था राम्रो रहेकाले ९ पालिकामा सिगैं र तीन स्थानीय तहमा गठबन्धनको आवश्यकता रहेको गाउँ टोलबाट रिर्पोटिं आएकाले त्यसमा पार्टीबाट इमान्दार, योग्य, कर्मठ नेता कार्यकर्ताहरुले टिकट पाउने र स्थानीय तहको निर्वाचित जित्ने निश्चित रहेको बताउनुभयो ।
पार्टीको जिल्ला सचिव माधव घिसिगंले देशभर नै पार्टीमा प्रवेश गर्नेको लहर चलेकाले पार्टीले सबैलाई सम्मान र स्थान दिने बताउनुभयो ।
पार्टी प्रवेश कार्यक्रममा एमालेका टोल कमिटि अध्यक्ष किसोर चौधरी, सतनी चौधरी, रामप्रसाद चौधरी, रामबाबु चौधरी, भुवनेश्वर चौधरी, सरिता चौधरी सहितका दर्जन बढी एमाले त्यागेर काग्रेंस प्रवेश गरेका थिए ।
वहाँले ठूलो दल भएकाले धेरैको आकक्षा हुनु स्वभाविक भएपनि काग्रेंसले नै जित्ने भएकाले टिकट कसले पायो भन्दा पार्टीलाई कसरी जिताउने भन्ने तर्फ ध्यान दिन सबैमा आग्रह गर्नुभयो । पार्टी प्रवेश कार्यक्रम इनरुवा ९ का वडा सभापती लक्षमी नारायण चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम पार्टीका वडा सचिव प्रभु प्रसाद पराजुलीले संचालन गर्नुभएको थियो ।
१, नेपाली कांग्रेस बबियाले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा प्रमुख अथिति केन्द्रिय सदस्य राजिव कोईराला र जिल्ला सभापती केदार भण्डारी सहित अथितिहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा
Discussion about this post