स्थानीय तह निर्वाचनमा सुनसरीको सीमावर्ती कोशी गाउँपालिकाको उपाध्यक्षमा एमालेबाट अनिता उराँवको दाबेदारी प्रस्ुतत भएको पार्टी स्रोतले जनाएको छ । लामो समयदेखी पार्टीमा योगादन गर्नुभएको र पार्टीको हितमा काम गर्दै संगठन गर्न खटिनुभएकी उराँवलाई कोशी गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदबार बताउनुपर्ने एमालेका महिला नेताकार्यकर्ताहरुले माग गरेको र स्वयम अनिता उराँवले पनी आफ्नो दाबेदारी प्रस्तुत गर्नुभएको छ । पार्टीको कोशी क्षेत्र मजबुत क्षेत्र भएको र एमालेबाट एउटा वडा सहित पालिकामा तेस्रो स्थानमा एमाले रहेको अनि यो बीचमा थप संगठन मजवुत भएकाले अनिता उराँवको दाबेदारी स्वभाविक भएको स्थानीय मतदाता डीबी उराँवले बताउनुभयो । उराँव दुई वर्षसम्म स्थानीय तहमा मानव अधिकार समूहको अध्यक्ष भएर पनि समाजसेवा र अधिकारको पक्षमा वकालत गर्दै आएकोले पनि कोशी गाउँपालिकाको उपाध्यक्षमा एमालेबाट आफ्नो दाबेदारी स्वभाविक भएको प्रतिकृया दिनुभयो ।
Discussion about this post