शुभ नारायण यादव/ सप्तरी। हिन्दु स्वाभिमान जागरण अभियानका राष्ट्रिय सह सयाेजक तथा नेपाल प्रहरीका पुर्व अतिरिक्त महानिरिक्षक कल्याण कुमार तिमिल्सिनाले
हिन्दु राष्ट्र कायम गर्न सम्पुर्ण हिन्दुु एक जुट हुनुपर्नेमा जाेड दिनुभएको छ । हिन्दु राष्ट्र स्वाभिमान जागरण अिभयानले सप्तरीको राजविराजमा आयाेजना गरेकाे प्रबर्द्ध नागरिक गाेष्ठि तथा साहित्य परिचय कार्यक्रमलाई सम्बाेधन गर्नुहदे पुर्व एआइजि तिमिल्सिनाले साे कुरामा जाेड दिनुभएको हाे । प्रमुख अतिथिकाे आसन्नबाट बाेल्नुहुदे उहाले अहिले अधर्मिहरुले हिन्दु राष्ट्र कायम गर्नका लागि विभिन्न षडयन्त्रहरु गर्दै आइरहेकाले यसका लागि सम्पुर्ण हिन्दुुहरुलाइ हिन्दु राष्ट्र स्थापना गर्नका लागि एक जुट हुनुपर्नेमा जाेड दिनुभएको छ । तिमिल्सिनाले वेदका आधारमा व्याख्या गरिने वेदिक सनातन धर्म ने हिन्दु धर्म हाे र विश्वमा सबेभन्दा जेठाे वेदिक सस्कृति ने हिन्दु सस्कृतिका नामले परिचित रहेकाले नेपालमा प्राचिन वेदिक कालदेखि ने हिन्दु धर्म स्थापित भएकाले हिन्दु राष्ट्र स्थापना हुनु जरुरि रहेकाे बताउनुभयो । उहाँले विश्वभरिका हिन्दुहरुकाे गाेरब केन्द्र नेपाललाई स्वधर्म सस्कृतिबाट बिमुख गराइ ओपनिवेशिक समाजवादी साँस्कृतिक थाेपार्ने याेजनामा लामाे समयदेखि सशक्त सिन्डिकेट निर्माण गरि षडयन्त्रकारिहरु सलबलाइहेकाले पछिल्लो सविधानमा अनेकौं कपटपूर्ण जालझेल रचि देशि बिदेशि दुर्नियतवादिहरु नेपाललाइ धर्मनिरपेक्ष राष्ट्र घाेषित गर्न सफल भएकोले समाजकाे सुप्त स्वाभिमानलाई जगाएर आफ्ना पुर्खा द्वारा सरक्षित मातृभूमि नेपालकाे आत्मा हिन्दुत्वकाे रक्षा गर्नु ने उक्त अभियानकाे लक्ष्य रहेकाे स्पष्ट पार्नुभयाे । उहाँले नेपाल धर्मनिरपेक्ष रहेर धार्मिक कलहहरुकाे विधिवत बिजाराेपण गर्ने तथा त्यसपछि विषवृक्षलाइ हुरेकाइरहने हाे कि हिन्दु राष्ट्र रहेर सबे धर्म सस्कृतिकाे सम्मान सुरक्षित गरिदिने परम्परालाई निरन्तरता दिन अनुराेध गर्दै हिन्दु राष्ट्र कायम गर्न सम्पूर्ण हिन्दुहरुलाइ एक जुट भइ आफ्नाे धर्म रक्षाका लागि अगाडि बढन अनुराेध समेत गरेका छन । हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान सप्तरीका सयाेजक रामाकान्त यादवकाे अध्यक्षतामा आयाेजित साे कार्यक्रममा वस्तु शास्त्र विघ एव राष्ट्रिय अभियान्ता बासुदेव कृष्ण शास्त्रि , श्री कान्त त्रिपाठि , अभियान्ता जङ्ग बहादुर सिह , राम किसुन साह , दिलप दास , धनुषधारि पाण्डे लगायतकाहरुले हिन्दु राष्ट्र कायम गर्नुपर्नेमा जाेड दिएका छन । राजविराज स्थित कृष्णाा पार्टी प्यालेसमा अायाेजित साे कार्यक्रममा हजारौं हिन्दु महिला तथा पुरुषहरुकाे उपस्थिति रहेकाे थियाे ।
Discussion about this post