शुभ नारायण यादव /सप्तरी । स्थानीय तहकाे निर्वाचनको मिति नजिकिँदै गरेकाे बेला मधेश प्रदेशमा जसपालाइ ठुलाे झटका परेकाे छ । यसे क्रममा सप्तरीको महदेवा गाउपालिकाका अध्यक्ष दिपक कुमार यादव जसपा परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेकाे छ । सप्तरीको महदेवा गाउँ पालिकाका अध्यक्ष दिपक कुमार यादव टुटु बाबु र महदेवा गाउपालिका वार्ड न.३ का वडाअध्यक्ष अनिरुद प्रसाद यादव सहितका जसपाका नेता तथा कार्यकर्ताहरु साे पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका हुन ।त्यसेगरि सप्तरीको राजबिराज नगरपालिका वार्ड न.३ का वडाअध्यक्ष सुदर्शन सिंह ,वडा न. ८ का कौसल कुमार दास पनि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन। उक्त कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य दिनेश कुमार यादव , जिल्ला सभापति रामदेव साह ,उप सभापति रामकुमार यादव ,जिल्ला सचिव सन्त मण्डल,पर्भु चौधरी ,पुर्ब कोषाध्यक्ष राम कुमार साह ,उवा नेता नन्दकिशोर यादव सहितको उपस्थिति रहेको थियाे ।
Discussion about this post