मान बहादुर ठकुल्ला
टीकापुर / कैलालीको टीकापुरमा बलात्कारको आरोपमा एक जना युवक पक्राउ परेका छन । टीकापुर नगरपालिका वडा नं. ६नारायणपुरका वर्ष २२को राहुल भन्ने लछानु चौधरी पक्राउ परेका छन । निज चौधरीले १५ वर्षिया बालिकालाई गत कार्तिक महिनामा करणी गरेको बालिका को पेटमा गर्भ समेत रहन गएको भन्ने खबर पाए पश्चात इलाका प्रहरी कार्यालयले पक्राउ गरी अनुसन्धान अगाडी बढाएको डिएसपी हेम बहादुर शाहीले जानकारी दिनुभयो । निज आरोपीत चौधरी घरमै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
Discussion about this post