टीकापुर / कैलाली जिल्लाको टीकापुर प्रहरी टीकापुर क्षेत्रमौलाई रहेको लागुऔषधको जालो भत्काउन सक्रिय रहेको भएको छ । ईलाका प्रहरी कार्यालय टीकापुरमा कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका डिएसपी हेम बहादुर शाहीले टीकापुर क्षेत्रको लागु औषधको जालो भत्काउनका लागि लागुऔषध सम्बन्धि विभन्न कार्यक्रम गरिदै आएका छन । इलाका प्रहरी कार्यालय टीकापुर का डिएसपी हेम बहादुर शाहीले यस क्षेत्रमा मौलाउदो लागुऔषधको जालो भत्काउनका लागि टीकापुर क्षेत्रमा रहेका सुधार गृह तथा पुनः स्थापना केन्द्रको अनुगमनको गर्नु साथै सो पुनः स्थापनामा रहेका लागुऔषधमा फसेका युवासंग अन्तरक्रिया समेत गरेका छन । डिएसपी शाहीले टीकापुरका दुई वटा पुनः स्थापना केन्द्रमा लागुऔषध दुर्व्यशनी फसेका व्यक्तिलाई लागुऔषधको प्रयोगबाट हुन सक्ने असरहरु र दुर्व्यसनबाट कसरी मुक्ती पाउने उपायहरुको बारेमा प्रशिक्षण दिएका छन । इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी शाहीले टीकापुरमा रहेका आशा किरण पुनः स्थापना केन्द्र , नव जिवन पुनः स्थापना केन्द्र र साहारा पुनः स्थापना केन्द्रमा अनुगमन र प्रशिक्षण गरेका छन ।
Discussion about this post