इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिका स्थित पञ्चकन्या आधारभुत विद्यालयमा लाखौ रकम हिनामिना गरेको भन्दै स्थानीयहरुले आरोप लगाएका छन् । पञ्चकन्या आधारभुत विद्यालयका सेवा निवृत प्रधानाध्यापक केशर प्रसाद चौधरीले रकम हिनामिना गरेको भन्दै स्थानीयहरुले केही दिन अघि नगर शिक्षा शाखामा निवेदन दिएको थियो ।
सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर १० बस्ने चौधरीले विद्यालयको विभिन्न शिर्षकमा रकम हिनामिना गरेको र कोशी गाउँपालिका ७ का शिक्षक ब्रहमदेव गोठियाको संचयकोषको रकम समेत हिनामिना गरेको आरोप बाहिर आएको छ ।
तत्कालीन प्रअ चौधरीले शिक्षक ब्रहमदेव गोठियाको संचयकोषको रकम २०७२ साल बैशाख देखी करिव २८ महिनाको एक लाख ९० हजार नौं सय रुपियाँ र बिमा रकम ५९ महिनाको जम्मा ४३ हजार ६ सय रुपैयाँ सहित दुई लाख ३३ हजार ५ सय रुपैयाँ खाई मासी हिनामिना गरेको आरोप बाहिर आएको हो ।
तत्कालिन अवस्थामा सोही विद्यलायमा कार्यरत्त शिक्षक ब्रहमदेव गोठियाले आफ्नो संचयकोषको रकम खाई मासी समेत हिनामिना गरेको आरोप सहित बराहक्षेत्र नगरपालिका शिक्षा शाखामा २०७६ वैशाख २२ गते उजुरी गरेका थिए । त्यसमा नरपालिका शिक्षा शाखाले चलानी नम्बर २४१ को पत्र लेखेर प्रमाण सहित आउनु भन्दा पनि न आएका र हालसम्म बाहिर भागी बसेकाले त्यसमा छानवि गर्नुपर्ने माग उठेको छ । गोठियाले सो रकम असुल उपरका लागि सहयोग गरि दिन सरोकारबाला निकायलाई आग्रह गरेको छ । उता चौधरीले विद्यालयको अडिटमा समेत उपस्थित नभएकाले उहाँ माथि छानविन र कार्वाही गर्नुपर्ने विद्यालय क्षेत्रका स्थानीयको माग रहेको छ ।
उता चौधरी नियुक्ति भएदेखि विद्यालयमा भएका विभिन्न गतिविधिका विल भरपाई सार्वजनिक नगरेको पनि आरोप बाहिर आएको छ । भवन निर्माण, पुस्तकालय व्यवस्थापन, फर्निचर, शिक्षकको तलब कटौती, सामुदायहरुले चन्दा दिएको रकममा समेत उनले पारदर्शी रुपमा विव्यसलाई जानकारी गराएका छैनन् ।
Discussion about this post