महेश सिंह /सिरहा । सिरहाको सखुवानान्कारकट्टी गाउँपालिका वाडा नम्बर २ मा शंकट काल र जनयुद्ध खेपेका युवा राम परिक्षण महतोले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिने भएको छ्।
उनी समाज परिवर्तन र सास्क सामन्तीको प्रास्त गर्ने लडाईमा समेत भागलिएका युवा नेता महतोले उमेदवारी दिने निर्णय गरेका छन्।
उनी हाल माओवादी केन्द्रका सखुवानान्कारकट्टी गाउँपालिका वाडा नम्बर २ का वाडा कमिटी अध्यक्ष समेत रहनु भएको छ्। समतामूलक समाज निर्माण गर्न युवा नेतृत्वको खाचो रहेको छ्। देशमा युवाहरूको शक्ति नै बिकासको परिकल्पना हो भन्दै जनस्तरबाट महतोलाई चुनावमा भाग लिन प्रोत्साहित गरेका छन्।
उनले जनताको मुल मर्म बुझदै चुनावी प्रतिस्पर्धामा आउने निर्णय लिएका हुन्।माओवादी केन्द्रबाट लोकप्रिय उमेदवार समेत रहनु भएको छ।नेता महतोका अनुसार आफू हरेक बर्ग समुदायको सम्मान हक अधिकारको लागी अवाज बुलन्द गर्दै आएका हुन्।
Discussion about this post