मान बहादुर ठकुल्ला
टीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा नं. ८ मा नया वर्षको शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । कैलालीको टीकापुर नगरपालिका वडा न ८ को आयोजनामा नया वर्ष को उपल्यक्षमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम आयोजना गरिएको हो । आफु वडामा जनप्रतिनिधीको रुपमा आईसकेपछि यस क्षेत्रका बासिन्दाले सहयोग गरेको उपल्यक्षमा सम्पुर्ण वडा बासिन्दाहरुका साथै सम्पुर्ण संघ संस्थाका व्यक्तिहरुलाई धन्यबाद सहित सम्मान गरिएको छ । वडा नं.८का वडाअध्यक्ष दिर्घ बहादुर ठकुल्लाको सभाध्यक्षमा भएको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा यस वडामा विभिन्न देशमा बैदेशिक रोजगारिमा रही एम्बुलेन्स ल्याउनमा सहयोग गर्ने सहयोगी दाताहरुलाई सम्मान गरिएको छ । साथै वडा मा रहेको खोफ क्लिनिक संचालनका लागी जग्गा दान गर्ने जग्गादातालाई समेत सम्मान गरिएको छ । सम्मान कार्यक्रममा टोलविकास संस्थाका संयोजक महिला स्वयम्सेविका समेत लाई सम्मान गरिएको थियो । कार्यत्रममा टीकापुर नगरपालिका वडा नं. ८का सल्लाहाकार संयोजक धनसिह साउद, नेपाल आदीबासी जनजाति महासंघ वडा समन्वय परिषदका अध्यक्ष जितराम चौधरी, अपांगता संजालका संयोजक प्रमोद लुहार, महिला स्वयमसेविका देवसरा साउद त्रिभुवन माविका प्रधानाध्यपक रविन्द्र कठायत बटनपुर ग्रामिण विद्युत सहकारी संस्थाका अध्यक्ष रण बहादुर साउद,टेक बहादुर साउद लगायत ले शुझकामना व्यक्त गरेका थिए । कार्यत्रममा वडा नं. ८मा टीकापुर नगरपालिका को वडाहरु मध्यै सबै भन्दा बढी बिकास भएको र सबैको भलोहुने काम भएको बताएका थिए । शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा एम्बुलेन्स संचालनका लागि सहयोग गर्ने सहयोगी युवाका परिवारले एम्बुलेन्स अझै सम्म बन्द रहेको प्रति दुःख व्यक्त गरेका छन । वडा कार्यालय तथा धनसिहपुर स्वास्थ्य केन्द्रले एम्बुलेन्स संचालका पहल गरि छुट्टै संचालन गरिनु पर्नेमा सहयोगिदाताका परिवारले अनुरोध गरेका छन ।
Discussion about this post