सुनसरीको स्थानीय तह तर्फ धरान र इटहरी बाहेक अन्यत्र गठबन्धनमा आवद्ध दलबीच चुनावी तालमेल नहुने निश्चित भएको छ । उम्मेद्वार चयनको विषयमा सहमती जुट्न नसक्दा चुनावी तालमेल नहुने निश्चित बनेको गठबन्धन आवद्ध नेताहरुले बताएका छन । महानगर र उपमहानगरको उम्मेद्वारको टुङ्गो केन्द्रले लगाउँदा धरान र इटहरी भागवण्डामा परेको छ । यद्यपि, एकले अर्कोलाई स्विकार्ने वा नस्विकार्ने भन्ने विषय भने गम्भिर मुद्दा बनेको छ ।
यता नगर र गाउँपालिका भित्र गठबन्धन गरी अघि बढ्ने विषयमा जिल्ला तहका नेताहरु बीचको पटक पटकको छलफल निष्कर्शमा पुग्न सकेन । जसका कारण धरान र इटहरी बाहेकका स्थानीय तहमा गठबन्धन भित्रैबाट आफु पायकका उम्मेद्वार उठाइने भएको छ ।निश्कर्ष विहिन बन्दै आएको पटक पटकको बैठक अन्तिम अवस्था सम्ममा पनि निष्कर्शमा नपुगेपछि सुनसरीका पालिकाहरुमा पाँच दलीय गठबन्धन नहुने पक्कापक्की भएको हो । गठबन्धन दलबीचको छलफलको नेतृत्व गर्दै आएको नेपाली काँग्रेसले जिल्लामा पाँच दलीय तालमेलको सम्भावना नै टरी सकेको बताई सकेको छ ।
नेपाली काँग्रेस सुनसरी सभापति केदार भण्डारीका अनुसार जिल्लामा गठबन्धन हुने सम्भावना समाप्त भएको छ । उनले भने, पटक–पटकको छलफल निष्कर्श विहिन बन्यो । अन्त्यमा पाँच दलीय गठबन्धनको सम्भावना देखिएन । सोही अनुसार अघि बढ्ने तयारीमा दलहरु जुटेको उनले बताए ।गठबन्धनमा आवद्ध नेताका अनुसार भागवण्डामा कुरो नमिलेपछि पालिकाहरुमा गठबन्धन हुने अवस्थाको अन्त्य भएको हो । गठबन्धनका नेताहरुबीच उम्मेदवारको विषयमा मत बाझियो । आआफ्नो अडान नछाडेपछि सहकार्य गरी अघि बढ्ने सम्भावना देखिएन काँग्रेसका एक नेताले भने ।प्राप्त जानकारी अनुसार सुनसरीमा नेकपा एसले २ प्रमुख, ४ उपप्रमुख र ४१ वटा वडाध्यक्ष दाबी गरेको थियो । माओवादीले २ प्रमुख ५ उपप्रमुख र ४१ वटा वडाध्यक्ष मागेको छ । त्यसैगरी जसपाले ४ प्रमुख, ६ उपप्रमुख र ५२ वटा वडामा दावी गरेको छ । त्यसैगरी राष्ट्रिय जनमोर्चाले सुनसरीमा ४ वटा वडा माग गरेको छ ।काँग्रेस सुनसरीका सचिव बिरेन्द्र साहका अनुसार नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा बीच प्रमुख, उपप्रमुख र वडाको उम्मेद्वारी तर्फको विषयमा छिनोफानो हुन सकेन । प्रयास भने जारी रहेको बताएका साहले तालमेलको सम्भावना भने न्यून बनेको बताए ।पालिका तहमा पाँच दलीय गठबन्धन बीच तालमेल नहुने देखिएपनि काँग्रेस बाहेकका गठबन्धनमा आवद्ध अन्य दलबीच भने तालमेल गरी अघि बढ्ने सम्भावना रहेको नेताहरुले बताएका छन । उनीहरुका अनुसार कहीकतै वडा तहमा भने तालमेल हुन सक्छ ।यसैबिच इनरुवामा काँग्रेस बाहेकका गठबन्धन आवद्ध अन्य दलले छलफल बढाएका छन । एकीकृत समाजवादीले अलग्गै आफ्ना उम्मेद्वारको नाम सिफारिस समेत गरेको छ । माओवादी र समाजवादीले समेत आआफ्नो उम्मेद्वारीको तयारी थालेको छ । जसपाले यस अघिबाटै बेग्लै उम्मेदवारीको तयारी थालेको थियो ।
Discussion about this post