मान बहादुर ठकुल्ला/राजापुर। बर्दिया जिल्लाको राजापुर नगरपालिका वडा न ५ राजापुरमा सहकारीका पदाधिकारीहरुलाई विपद् जोखिम हस्तान्तरण क्षमता अभिबृदि सम्बन्धि दुई दिने तालिम आजबाट शुरु भएको छ । राजापुर नगरपालिका वडा न ९ स्थित नारी कल्याण साना किसान सहकारी संस्था लिमिटेडका पदाधिकारी लगायत स्थानिय विपद् व्यवस्थापन समितीका पदाधिकारीहरु समेतलाई उक्त तालिम दिईएको छ । उज्यालो बहुउदेश्यी सहकारी संस्था लिमिटेड को आयोजनामा संचालन भईरहेको पश्चिम नेफालमा जलबायु जोखिमयुक्त कृषिका लागि सुचांकका आधारमा बाढी बिमा कार्यत्रम अन्तरगत उक्त तालिम संचालन भईरहेको कार्यक्रम संयोजक हेमन्त राज जोशीले जानकारी दिए । उक्त तालिममा समुदाय स्तरीय विपद् व्यवस्थापन समितीका पदाधिकारी , बडघर, र सहकारीका पदाधिकारी कर्मचारी गरि २९ जना सहभागि रहेका छन । भने तालिममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका कैलालीका महामन्त्री लोकराज जोशी सहजिकरण गरिरहनु भएको छ ।
Discussion about this post