शुभ नारायण यादव /सप्तरी। नेकपा एमालेका मधेश प्रदेश समिति सदस्य माे. इस्लाम मियाँ आज एमाले परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रबेश गरेकाे छ।
राजविराजमा आज आयाेजित एक कार्यक्रमका बीच नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सप्तरी ईञ्चार्ज अशाेक कुमार मण्डल, केन्द्रीय सदस्य असर्फि सदा लगायतका नेताहरुले माला र टिका लगाएर ईस्लाम मियाँलाई पार्टी प्रबेश गराउनुभयाे ।
मियाँ गत २०७४ सालकाे स्थानीय तह निर्वाचनमा बाेदे बर्साइन नगरपालिकाकाे मेयर पदमा चुनाब लड्नु भएकाे थियाे भने अघिल्लाे प्रतिनिधिसभा निर्वाचनमा पनि क्षेत्र नम्वर ४ मा एमालेबाट उम्मेदवार बन्नुभएकाे थियाे ।
यही बैशाख ३० गते हुन गईरहेकाे स्थानीय तह निर्वाचनमा मियाँ पुन: मेयर पदमा उम्मेदवारी दिने तयारी गरेकाे छ ।
पार्टी प्रबेश गरेसँगै माओवादी केन्द्रले मियाँलाई बाेदे बर्साइन नगरपालिकाकाे मेयर पदमा उम्मेदवार बनाउने तयारी गरेकाे माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।
माओवादी प्रबेश गर्दै मियाँले एमाले पार्टी भित्र समन्ती ब्राह्मणबाद प्रबृति हाबी भएकाले आफु एमाले परित्याग गरेकाे बताउनुभयाे ।
उक्त पार्टी प्रबेश कार्यक्रममा माओवादी केन्द्रका मधेश प्रदेश समिति सदस्यहरू महेश कुमार यादव, भागवत यादव, छेदी रजक विमल, जिल्ला समिति सदस्य दिलिपकुमार यादव लगायतकाे उपस्थिति रहेकाे थियाे ।
Discussion about this post