रासिन्द्र यादव
सप्तरी । सप्तरी बलान बिहुलका प्रभावशाली युवा नेता रामनारायण यादव (अगिन्धर)को अपहरण प्रयास भएको छ । नेकपा एमालेका प्रभावशाली नेता अगिन्धरको अपहरण गर्ने प्रयास विफल भएको छ ।
गत बुधबार राति करिब १ बजे हतियारधारी एक अज्ञात समुहले नेता यादवको अपहरण गर्ने प्रयास गरेका थिए । घरका अन्य सदस्य आफन्तको बिहेमा बाहिर रहेको मौका छोपी अपहरण गर्ने प्रयास भएको यादवका पारिवारिक स्रोतले जनाए ।
नेता यादवलाई कुटपिट गर्ने क्रममा उनका श्रीमतीले स्थानीयलाई गुहार लगाउदा अपहरणकारी समुह भागेका थिए ।अपराधी समूह भाग्ने क्रममा केही राउन्ड गोलि चलाएको त्यहाँका बासिन्दाले पत्रकारलाई जानकारी दिए । घटनामा नेता यादवलाई सामान्य चोटपटक लागेको छ ।
आउँदो स्थानीय निकायको चुनावमा नेता यादव एमाले बाट बलान बिहुल १ का वडा अध्यक्षका दाबेदार हुन । उनको मजबुत राजनैतिक पकडका कारण प्रतिशोधको नियतले उक्त घटना घटाईएको नेकपा एमाले बलान बिहुलले जनाएको छ ।
नेता यादव ज्यु-ज्यान सुरक्षाको लागि चन्ही स्थित मौवाहा चौकीमा निवेदन दिएको उनका परिवारका एक सदस्यले जानकारी दिएका छन् ।
Discussion about this post