टीकापुर / कैलालीको कैलारी गाउँपालिका–७, विपतपुर मुक्तकमैया शिविरमा आगलागी भएको छ ।
आगलागीबाट ७० बढी घर जलेर नष्ट भएको बताइएको छ । शिविरमा ७० बढी घरधुरी रहेका छन । आगलागी अझै नियन्त्रणमा आइसकेको छैन ।
आगलागीबाट अन्नबालीका साथै बङ्गुर, पशु चौपायासहित धनसम्पत्ती जलेर नष्ट भएको अध्यक्ष कमल प्रसाद चौधरीले बताए उहाँका अनुसार धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका र गौरीगङ्गा नगरपालिकाको दमकलको सहयोग र नेपाल प्रहरी, सशस्त्र प्रहरी बल,संघसंस्था र स्थानीवासीले आगो निभाइएकाे छ ।
दिउँसोदेखि लागेको आगो अपराह्न नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो। आगलागीबाट भएको क्षतिको विवरण भने आइसकेको छैन। अागलागी पिडितलाई विभिन्न ठाउबाट तत्कालिन राहात पुरयाउने प्रयास गरिरहेकाे नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखा कैलाली का महामन्त्री लाेकराज जाेशीले बताएका छन ।
Discussion about this post