इनरुवा, बैशाख ११ गते । स्थानीय तह निर्वाचनको लागि मनोनय दर्ताको पहिलो दिन ठूला दलहरुको टिकट भागवण्डामा कुरा नमिलेकाले सुनसरीमा न्युन मत्रै उम्मेदबारले मनोनयन दर्ता गरेका छन् ।
सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकामा मनोनय दर्ताको पहिलो दिन नेकपा मालेबाट प्रमुखको उम्मेदबारका रुपमा इनरुवा १ निवासी ५६ वर्षिय सुनिलकुमार साहु हलुवाई र स्वतन्त्रबाट प्रमुखमा इनरुवा ५ निवासी ५० वर्षिय भिष्म आचार्यले मनोनयन दर्ता गराउनुभएको छ । त्यसैगरी इनरुवा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्षका लागि स्वतन्त्रबाटै इनरुवा १ निवासी ६० वर्षिय लक्ष्मी साह, इनरुवा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्षका लागि स्वतन्त्रबाटै इनरुवा ५ निवासी ५२ वर्षिय कलाधर पोखरेल, इनरुवा ५ निवासी ४६ वर्षिय टेकप्रसाद पोखरेल र २ नम्बर वडाबाट इनरुवा २ निवासी ४५ वर्षिय देवनारायाण सुतिहार तथा इनरुवा नगरपालिका वडा नम्बर ७ का वडा सदस्यका लागि राप्रपाबाट इनरुवा ७ निवासी ३६ वर्षिय एक जना महिला सदस्यले मनोनयन दर्ता गराउनुभएको छ । त्यसैगरी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि गढी गाउँपालिकामा पनि पहिलो दिन न्यून मात्रैको उम्मेदबारी दर्ता भएको छ ।
गढीमा नेपाल कम्यूनिष्ट पार्टी माओवादी समाजवादी पार्टीका तर्फबाट गढी गाउँपालिका अध्यक्षका ४८ वर्षिय असोक कुमार चौधरी, उपाध्यक्षमा जमिरुन खातुन, गढी १ नम्बर वडा अध्यक्षका लागि सोही पार्टीबाटै अलि हुसेन, सदस्यका लागि ४२ वर्षिया कोरेसा खातुन, ३८ वर्षिय अर्जुन थनदार, दलित सदस्यमा २८ वर्षिय गुली ऋषिदेव र ३४ वर्षिय भुलिया ऋषिदेव तथा गढी ३ को वडा अध्यक्षका लागि स्वतन्त्रबाट ४० वर्षिय कुलदिप साहको मनोनयन दर्ता भएको निर्वाचन अधिकृत भेषराज भट्टराईले जानकारी दिनुभयो ।
अरु स्थानीय तहहरुमा पनि पहिलो दिन ठूला दलहरुले उम्मेदबारको मनोनय दर्ता गर्न नगाएकाले निर्वाचन अधिकृतको कार्यालय दिनभर शुनसान प्रयाः थियो ।
उता दुहवी नगरपालिकाको १२ नम्बर वडामा मात्रै जनमत पार्टीका तर्फबाट वडा अध्यक्षमा ३८ वर्षिय विरेन्द्र दास सहित पाँच जनाले मनोनय दर्ता गराएका छन् । पहिलो दिन पाँच जनाले मात्रै मनोनय दर्ता गराएका छन् ।
उता सुनसरीको इटहरी उपमहानगरपालिकामा पहिलो दिन संघीय लोकतान्त्रिक राष्टिय मुक्ती मोर्चाका भिमकुमार लिम्बु, मागोलियन अभियानका ४४ वर्षिय दिपेन्द्र राई, मौलिक जरोकिलो पार्टीका ३९ वर्षिय रामेश्वर थापा, नागरिक उन्मुक्ती पार्टीका ३८ वर्षिय अक्षय कुमार चौधरी र खुम्बुवान मुक्ती मोर्चाका ३४ वर्षिया दिपमाया राई तथा स्वतन्त्रबाट ५५ वर्षिय पदम अधिकारी र ४९ वर्षिय दिल्लीराम दाहाल प्रमुखमा उम्मेदबारी दर्ता गराउनुभएको निर्वाचन अधिकृत नारायण रिमालले जानकारी दिनुभयो । त्यसैगरी उपप्रमुखमा मौलिक जरो किलो पार्टीबाट सर्मिला लिम्बु र विनिता लिम्बुको मनोनयन दर्ता भएको छ । इटहरीमा प्रमुखमा ७ जना, उपप्रमुख २ जना, वडा अध्यक्ष ८ जना, खुल्ला सदस्यमा ८ जना दलित सदस्यमा १ जना र महिला सदस्यमा ४ जना गरि ३० जनाको मनोनयन दर्ता भएको कार्यालयले जनाएको छ ।
Discussion about this post