मान बहादुर ठकुल्ला
राजापुर / बर्दिया जिल्लाको राजापुर नगरपालिका वडा न ९ गोडियानामा समुदाय स्तरिय विपद् व्यवस्थापन समितिका पदाधिकारीहरुलाई विपद् जोखिम हस्तान्तरण क्षमता अभिबृदि सम्बन्धि दुई दिने तालिम आजबाट संचालन भएको छ । राजापुर नगरपालिका वडा न ९ स्थित नारी कल्याण साना किसान सहकारी संस्था लिमिटेडकको आयोजनमा उज्यालो बहुउदेश्यीय सहकारी संस्था लिमिटेड टीकापुर ७ सत्तीको सहयोगमा स्थानिय विपद् व्यवस्थापन समितीका पदाधिकारीहरुलाई उक्त तालिम दिईएको छ । उज्यालो बहुउदेश्यी सहकारी संस्था लिमिटेड को आयोजनामा संचालन भईरहेको पश्चिम नेफालमा जलबायु जोखिमयुक्त कृषिका लागि सुचांकका आधारमा बाढी बिमा कार्यत्रम अन्तरगत उक्त तालिम संचालन भईरहेको कार्यक्रम संयोजक हेमन्त राज जोशीले जानकारी दिए । उक्त तालिममा समुदाय स्तरिय विपद् व्यवस्थापन समितीका पदाधिकारी , बडघर गरि ३९ जना सहभागि रहेका छन । उक्त तालिम राजापुर नगरपालिका वडा नं. ९ को चैनपुर खल्लापुर गोडियाना दुर्गानगर छोट्कीभिम्मापुर समुदायमा रहेका विपद् व्यवस्थापन समितिका पदाधिकारीहरुलाई तालिम दिईने नारी कल्याण साना किसान सहकारी संस्थाका व्यवस्थापक पार्वती चौधरीले जानकारी दिनु भएको छ । भने तालिममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका कैलालीका महामन्त्री लोकराज जोशी सहजिकरण गरिरहनु भएको छ ।
Discussion about this post