महेश सिंह/ सिरहा । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वाडा नम्बर ४ मा जसपा नेपालबाट वाडा अध्यक्षको लागी युवा नेता रमेश कुमार यादवले मनोनयनको अन्तिम दिन आज उमेदवारी दर्ता गराएका छन्।बैशाख ३० गते हुन् लागेको स्थानीय तहको चुनावमा भागलिन मनोनयन दर्ता गराएका हुन्। नेता यादवलाई पार्टीले वाडा कमिटीबाट सिङ्गल नाउँ सिफारिस गरेका थिए।
उनले पछिल्लो निर्वाचनमा पनि जसपाबाट टिकट पाए र निर्वाचित भएका थिए।यादव कलिलो उमेरमा वाडा अध्यक्षको जिम्मेवारी निर्वाह गर्न सफल भए पछि पुनः यादवलाई आउने निर्वाचनमा पार्टीले उमेदवार बनाएका हुन्। उनले गरेको बिकास निर्माणको कामको प्रसंसा पालिका भरी नै चर्चामा रहेका छन। उनले पुनः वाडामा जिते संभावना रहेको स्थानीयको भनाइ छ।
Discussion about this post