शुभ नारायण यादव /सप्तरी । यहि बैशाख ३० गते हुन लागेको स्थानीय तहकाे निर्वाचनमा सप्तरीको छिन्नमस्ता गाउपालिकामा अध्यक्ष पदकाे लागि विभिन्न राजनीति दलका नेता र, स्वतन्त्र उम्मेदवार गरि ९ जनाले उम्मेदवारी दर्ता गराएका छन । छिन्नमस्ता गाउपालिकामा अध्यक्ष पदकाे लागि विभिन्न पार्टीबाट गाउँपालिका अध्यक्षको लागि ९ जना बिच कडा प्रतिस्पर्धा हुने निश्चित रहेको देखिन्छ । छिन्नमस्ता गाउपालिकामा अध्यक्ष पदकाे लागि नेपाली काङ्ग्रेसबाट कुलानन्द यादव , नेकपा एमालेबाट दिपेन्द्र कुमार यादव ( दिपु) निवर्तमान वडाअध्यक्ष बडा न: ३सखडा,गोबिन्दपुरकाले उम्मेदवारी दर्ता गराएको छ । त्यस्तै नेकपा माओवादीबाट बिनोद कुमार यादव ( निवर्तमान वडा अध्यक्ष वडा न:-१ बरही बिरपुर , नेकपा एस समाजवादीबाट जय प्रकाश यादव( जेपि) , जसपाबाट सत्यनारायण यादव , लोसपाबाट बिद्यानन्द चौधरी ( बिवेक) ले समेत अध्यक्ष पदकाे लागि उम्मेदवारी दिएका छन । यसेगरि जनता प्रगतिशील पार्टीबाट मनोज यादव( प्रभाकर) निवर्तमान जिल्ला समन्वय समिती प्रमुख , जनमत पार्टीबाट बेल्चन मण्डल (भुवनेश्वर) तथा नेपाल सद्भावना पार्टीबाट सुर्य नारायण मण्डल ( कुरुड) निवर्तमान गापा प्रमुख छिन्नमस्ता गाउँपालिकाले अध्यक्ष पदकाे लागि उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ । यति उम्मेदवारहरु दलगत हो र बाकी स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह पाएको छेन त्यही भएर नाम र चुनाव चिन्ह लेख्न नरहेकाले यहि ९ जना उम्मेदवारबाट योग्य, सभ्य, शिक्षित, निष्पक्ष , सक्षम , चुनिन्ने पालो जनताको रहेकाे छिन्नमस्ता गाउँ पालिकाका बुद्धिजीवीहरुकाे कथन रहेको छ । अब हेर्न बाकि छ कि सप्तरीको छिन्नमस्ता गाउपालिकामा कसले र कुन पार्टीले बाजि मारला त ……..?
Discussion about this post