सिरहा /सिरहाको सखुवानन्कारकटी गाउँपालिकाको उपाध्यक्षमा युवा नेतृ स्वास्थ्यकर्मी कविता कुमारी यादवको उम्मेदवारी परेका छ । जनता समाजवादी पार्टीबाट नेतृ यादवले उम्मेदवारी दर्ता गराएकी छिन् ।
अनमी उतिर्ण गरि स्नातकमा अध्ययनरत उपाध्यक्ष पदकी उम्मेदवार यादवले विभिन्न सामाजिक संघसस्थामा आवद्ध भई सामाजिक अभियानमा आबद्ध रहेका थिए । उपाध्यक्ष पदका उम्मेदवार यादवले भनिन् मेरो जित सुनिश्चित छ । किनभने मेरो योग्यता क्षमता र सामाजिक क्षेत्रमा गरेको लगानीका कारण आम गाउँपालिकाको जनताको जनचाहना अनुसार नै उम्मेदवार बनेकी वताइन ।उनले भने मेरो उम्मेदवारी शिक्षा,स्वास्थ्य र रोजगारी र भ्रष्टाचारीको विरुद्ध भएकोले मेरो जित सुनिश्चित रहेको वताइन।
जनता समाजवादीले उत्पीडनमा परेका,सिमान्तकृत समुदाय,विपन्न,अतिविपन्न गरिव दलित र गर्भवती महिलाहरुका लागि विशेष प्त्रयाकेजको माध्यमबाट राहत र निशुल्क स्वास्थ्य उपचार र शिक्षामा सहज रुपमा पहुँच अभिबृद्धि गर्ने योजना वनाएको युवा नेतृ यादवको योजना रहेका छन्।पालिकको अध्यक्षमा जसपाकै मधेश प्रदेश सदस्य दिपेश यादवको उम्मेदवारी परेको छ। जसपाले सवै वडामा उम्मेदवारी दिएर प्रतिस्पर्धामा उत्रिएका छन् ।
Discussion about this post