मान बहादुर ठकुल्ला/राजापुर / बर्दिया जिल्लाको राजापुर नगरपालिका वडा नं. ९ स्थित रहेको नारी कल्याण साना किसान कृषि सहकारीका दिदि बहिनीहरु करोडौ को कारोबार गर्दै आईरहेका छन । २०६७ साल चैत्र ९ गते स्थापना भएको यस नारी कल्याण साना किसान कृषि सहकारीले बार्षिक करोडौको कारोबार गर्दै आईरहेको छ । २६जना शेयर सदस्यको १३ हजार शेयर पुजीबाट कारोबार गरेको यस साना किसान सहकारीमा १ करोड २० लाख ४हजार शेयर पुजी रहेको व्यवस्थापक पार्वती चौधरीले जानकारी दिईन । ७४वटा समुहबाट शुरु भएको यस नारी कल्याणमा २५४ वटा समुह आबद्ध रहेका छन । शुरुमा यस सहकारीले महिलाहरुलाई सहकारीमा आबद्ध गराउनका लागि ठुलो चुनौति खेप्नु परेको सहकारीका अध्यक्ष लोकमाया कुवरले बताईन ।ग्रामिण समुदायका दिदि बहिनीहरुलाई सहकारीमा आबद्ध गराऊन सहकारी शिक्षा दिदै, समुदायका व्यक्तिलाई तरकारी खेती , व्यवशायमुलक कार्यत्रम लगायतका कार्यक्रम संचालन पश्चात महिलाहरुलाई यस सहकारीमा आवद्ध गराउन सफल भएको अनुभव अध्यक्ष कुवरले सुनाईन । हाल यस सहकारीले ४१ लाख २२ हजार नाफा कमाउन सफल भएको छ भने कृषि अध्ययनका लागि ११जना लाई इजरायल पठाई सकेको समेत सहकारीका उपाध्यक्ष मुन्नी देवी थारुले बताईन । यस सहकारीले बिना धितोमा ४०हजार सम्म र धितो राखेर १४लाख सम्म ऋण लगानी गर्ने गरेको र हाल ६७४जना ठुला तथा साना किसानमा ऋण लगानी गरेको सहकारीका व्यवस्थापक पार्वती चौधरीले बताईन । यस सहकारीले राजापुर नगरपालिका वडा नं ५,७, ८ र ९लाई कार्यक्षेत्र बनाई विभिन्न गतिबधि संचालन गरिरहेको छ । नारी कल्याण साना किसान कृषि सहकारीको सहकार्यमा यस क्षेत्रमा उज्यालो बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड टीकापुर ७ सत्ती कैलालीले पश्चीम नेफालमा जलबायु जोखिमयुक्त कृषिका लागि सुचाङ्कका आधारमा बाढी बिमा कार्यत्रम संचालन गरि रहेको छ । ऊक्त कार्यत्रम संचालन पश्चात यस नारी कल्याण सहकारीले २ महिनामा ६०जना शेयर सदस्य बनाउन सफल भएको नारी कल्याण सहकारी का सहायक प्रबन्धक हिरा कुमारी चौधरीले जानकारी दिईन । पश्चीम नेफालमा जलबायु जोखिमयुक्त कृषिका लागि सुचाङ्कका आधारमा बाढी बिमा कार्यत्रमलाई अवसरका रुपमा लिएको छ यस कार्यक्रमले समुदाय स्तरमा सहकारी शिक्षा दिन र शेयर सदस्य बृदि गर्नमा मद्दत पुगेको समेत सहायक व्यवस्थापक चौधरीले बताईन ।
Discussion about this post