शुभ नारायण यादव /सप्तरी । सप्तरीमा कुटपिटबाट एक जना युवकको मृत्यु भएपछि दोषीलाई कारबाही माग गर्दै स्थानीय बासिन्दाहरूले सप्तरीस्थित पूर्व-पश्चिम राजमार्गको कल्याणपुर-कडरबोना खण्डमा अाज बिहानेदेखि सडक अवरुद्ध पारेका छन् ।
बिहेमा डीजे बजाउनेबारे उत्पन्न विवादका क्रममा गत सोमबार राति एक समूहको कुटपिटवाट सप्तरीको खडक नगरपालिका वडा न.-४ पंसेराका २७ वर्षीय सन्तलाल पासवानको उपचारका क्रममा अाज बिहान मृत्यु भएपछि स्थानीयबासिहरु अान्दोलित भएका हुन् । जिल्लाकाे खड्क नगरपालिका वडा न.- ४ पन्सेरा टाेलका रामसिस पासमानको छोरा सन्तलाल पासमान(सन्तु) लाई केहि स्थानीय ब्यक्तीहरुद्वारा कुटपिट गर्दा उपचारको क्रममा उनकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यता साेहि घटनामा मृतकका बुवा आमालाइ समेत घाइते हुने गरि कुटपिट गरेको पिडितहरुले बताएका छन ।
यता साे सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी माधवप्रसाद काफ्लेले कुटपिटमा संलग्न भएको आरोपमा १ जनालाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान भइरहेको तथा अन्य आरोपीहरुको खोजी भइरहेको जानकारी दिए ।
यसेबिच सडक अवरुद्ध भएपछि राजमार्गमा सयौं सवारी साधन तथा हजारौं यात्रुहरु राजमार्गमा रोकिएका छन् । उक्त क्षेत्रमा व्यापक संख्यामा प्रहरी परिचालन समेत गरिएको सप्तरी प्रहरीले जनाएको छ । स्मरण रहोस् उक्त ठाउँमा केही बर्ष अघि शिब शङ्कर दासकाे पनि यसरी निर्मम तरिकाबाट कुटपिट गरि हत्या गरेको थियोे ।
Discussion about this post