शुभ नारायण यादव /सप्तरी । नेकपा (माओवादी केन्द्र)सप्तरीका उम्मेदवारहरु अग्नीसाईर कृष्णासवरण गापावाट अध्यक्ष रघु प्रसाद सिंहा थारु, उपाध्यक्ष निशा कुमारी चौधरी, सप्तकोशी नपा प्रमुख रविन्द्र चौधरी, उप्रमुख राजकुमारी चौधरी, कंचनरुप नपा उपप्रमुख बन्सी चौधरी तिरहुत गापा अध्यक्ष रामकुमार रजक, उपाध्यक्ष लालमैन देवी सरदार, हनुमाननगर कंकालीनी नपा प्रमुख राहुल मण्डल, उपप्रमुख अनिता यादव, महादेव गापा अध्यक्ष दिपेन्द्र माझी, उपाध्यक्ष पंचकुमारी देवी यादव, लिलाठी कोइलाडी गापा अध्यक्ष संजय सिह, उपाध्यक्ष मालती सदा, राजविराज नपा प्रमुख शम्भु प्रसाद यादव, उपप्रमुख प्रमिला कुमारी साह, विष्णुपुर गापा अध्यक्ष मुनीलाल, उपाध्यक्ष दिपा राय, छिन्नमस्ता गापा अध्यक्ष विनोद कुमार यादव, उपाध्यक्ष राजो देवी यादव, रुपनी गापा अध्यक्ष अरुण कुमार साह,उपाध्यक्ष मिना यादव, खडक नपा प्रमुख जय प्रकाश चौधरी, डाक्नेश्वरी नपा उपप्रमुख श्रमन यादव, राजगढ गापा उपाध्यक्ष गुलाब देवी यादव, सुरुंगा नपा उपप्रमुख शिव कुमार राम, बोदे बर्साइन नपा प्रमुख मो.इस्लाम, उपप्रमुख शिला यादव, बलान विहुल गापा अध्यक्ष पविता यादव, उपाध्यक्ष श्रीदेव मण्डल, शम्भुनाथ नपा उपप्रमुख भगिरथ साह रहेका छन् ।
यसेबिच सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिकाको मिलन चौक स्थित नेकपा (माओवादी केन्द्र) को कार्यालय एक समाहरोबीच उदघाटन गरिएको छ ।
सो उदघाटन कार्यक्रम पालिकाका सह संयोजक अरुण कुमार चौधरीको अध्यक्षता तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज अशोक कुमार मण्डलको प्रमुख अतिथ्यमा सम्पन्न भएको हो । प्रमुख अतिथी मण्डलले माओवादी केन्द्रले आवाज विहीनहरुको आवाज दिलाउन महान जनयुद्धको रापतापबाट पाएको बताउदै व्यवस्था परिवर्तन भएता पनि जनताको अवस्थामा सुधार ल्याउनको लागी माओवादी केन्द्रका उम्मेदवारहरुलाई विजय गराउन पार्टी पंक्तिले एकताबद्ध भएर लाग्नु पर्ने विचार व्यक्त गर्नूभयो । सोही अवसरमा नेकपा माओवादीका तर्पmबाट अध्यक्षका उम्मेदवार रघु प्रसाद सिंहा थारु, उपाध्यक्ष निशा कुमारी चौधरी, प्रदेश सदस्य असर्फी सदा, भगवती प्रसाद चौधरी लगायतका वक्ताहरुले माओवादी केन्द्रका उम्मेदवाहरुलाई विजय गराउन हुन आ आफ्नो गाँउ ठाँउमा एकताबद्ध भएर प्रचार प्रसारमा जूट्न कार्यकर्ता तथा नेताहरुलाई आग्रह गर्नूभयो ।
Discussion about this post