विराटनगर महानगरपालिकाको उपमेयरकी उमेदवार शिल्पा कार्कीसहित तीनजना विरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । विराटनगर महानगरपालिका एमालेबाट उपमेयर पदमा उम्मेदवारी दर्ता गरेकी शिल्पा निराला कार्कीसहित तीन जना महिला वडा सदस्यविरूद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो । कार्की कोशी अस्पताल विकास समितिको सदस्य रहेको दाबीसहित जनता समाजवादी पार्टीका उपमेयर पदका उम्मेदवार अमरेन्द्र यादवले उजुरी दिनुभएको हो । कार्कीसँगै अन्य तीन जना महिला वडा सदस्यविरुद्ध पनि उजुरी परेको छ । उजुरीका विषयमा मुख्य निर्वाचन कार्यालयले सफाइ पेश गर्न भनेको थियो । तर, उपमेयरकी उमेदवार शिल्पा कार्कीबाहेक अरुले प्रमाणसहित सफाई पेश गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपमेयर कार्कीले बुधबार सफाइ पेश नगरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेम बुढाथोकीले जानकारी दिनुभयो । कार्कीले लाभको पद धारण गरेका कारण निर्वाचन आचारसंहिंतामा लाभको पद धारण गरेको व्यक्ति उमेदवार बन्न नपाउने व्यवस्था रहेको छ । यस्तै अन्य महिला सदस्यहरूले दलित कोटाबाट उमेदवारी दिए पनि दलित नभएको भन्दै परेको उजुरीमा सम्बन्धित उमेदवारहरूले प्रमाणसहित सफाइ पेश गरिसकेको बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार वैशाख १५ गते सम्म सफाइ पेश गर्ने समय रहेको छ । बैशाख १५ गते नै निर्वाचन आयोगले उजुरीमाथि छानविन गरी निर्णय गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
Discussion about this post