सुरेन्द्र मेहता । इनरुवा । एक त किसानहरुलाई सहज सेवा र सुविधा उपलब्ध छैन् । त्यसमा पनि किसानहरुले मंहगो परिश्रम गरेर उत्पादन गरेको सागसब्जी र तरकारी बेच्न कठिन छ उतिकै त्यो पनि नौलोे कुरा होइन् ।
किसानहरुले उत्पादन गरेको सागसब्जी र तरकारी बेच्न आएका किसानहरुलाई अनावश्यक गाली गलौज गरेपछि किसान र व्यापारीहरु महेन्द्र राजमार्ग अवरुद्ध पारे ।
यो कुरा हो सुनसरी सदरमुकाम इनरुवा ४ मा केही किसान तथा व्यपारीहरुले पूर्वपश्चिम लोकमार्ग खण्डमा केही बेर सडक अवरुद्ध पारेका छन् । इनरुवा नगरपािलका ४ स्थित बसचोक रामजानकी थोक कृषि बजारमा तरकारी विक्रिका लागि आएका किसानलाई गालीगलौज गरेको भन्दै मंगलबार केही बेर सडक अवरुद्ध पारेका हुन् । हटिया समितिमा आवद्ध केही र स्थानीय बिवेकानन्द झाले गालीगलोज गरेको भन्दै केही बेर सडक अवरुद्ध पारेको स्थानीय मुनाफ हसनले जानकारी दिए। तरकारी लिएर गाउँबाट आएका सिधासोझा किसान र व्यापारीलाई गालीगलोज गर्न पाइदैन, दोहोरो कर अन्त्य गर, दुव्र्यवहार बन्द गर, अन्याय अत्याचार बन्द गर भन्दै चर्का नारबाजी सहित केही बेर सडक अवरुद्ध पारेका थिए । किसान र व्यापारीहरु पूर्व पश्चिम लोकमार्ग सडक खण्डको इनरुवा बसचौकमा बस्दै आएका थिए भने टायर बालेर चक्का जाम गर्दे आन्दोलित बनेका छन । इनरुवामा आएका किसानहरुमा हरिनगरका साकिर अन्सरी, समिम अन्सरी, देवनगङजका इद्रीस अन्सरी, सहबुद्धिन अन्सरी, भोक्रहा नरसिंहका चिनीलाल साह, शिव नारायण साह, पश्चिम कुश्वाहाका सलाम अन्सरी र महफुज अन्सारी सहितले इनरुवाका कश्यप विद्यापीठका संचालक समेत रहेका बिवेकानन्द झाले आफूहरुलाई विना कारण गालीगलोज गरेको भन्दै केही सडक अवरोध गरेको बताएका छन् ।
Discussion about this post