विराटनगर | प्रदेश १ मा निर्वाचन सामग्री व्यवस्थापनको काम तीव्र पारिएको छ। नजिकिदै गरेको स्थानीय निर्वाचनका लागि सम्बन्धित मतदान केन्द्रमा आवश्यक सामग्री ढुवानीको काम थालिएको हो ।
मतदान केन्द्रमा मतपेटिका, मतदाता नामावली र परिचयपत्र, स्वस्तिक छाप, रवर स्ट्याम्प, सुरक्षण शील, मतपेटिकामा टाँस्ने स्टिकर लगायत ५८ प्रकारका निर्वाचन सामग्री आवश्यक पर्ने प्रदेश १ निर्वाचन कार्यालय विराटनगरले जनाएको छ। निर्वाचन सामग्री सम्बन्धित केन्द्रका मतदान अधिकृतले बुझेर लैजाने छन् । कार्यालयका अनुसार स्थानीय तहका मतदान केन्द्रमा वैशाख २७ गतेसम्ममा निर्वाचन सामग्री पुर्याइने छ ।
हाल मतदान केन्द्रमा खटाउने कर्मचारी र उनीहरुलाई दिइने तालिमका बारेमा पनि छलफल भइरहेको छ । मतदान र सहायक मतदान अधिकृतको तालिमका विषयमा पनि आवश्यक तयारी भइरहेको जनाइएको छ। प्रदेश १ मा १४ जिल्ला अन्तर्गत १ सय ३७ वटा स्थानीय तह छन् । प्रदेशमा १ हजार ८ सय ७७ मतदानस्थल र ३ हजार ८ सय ६३ वटा मतदान केन्द्रहरु तोकिएका छन् ।
Discussion about this post