विवेक मेहता/इनरूवा । सुनसरीमा धेरै स्थानीय तहमा पुरानै अनुहार दोहरयाएको भएपनि सीमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै नयाँ अनुहारलाई नेपाली काग्रेंसले उम्मेदबार बनाएको छ । त्यसमा अध्यक्ष पदमा राजनीतिकमा सकृय भएको र काग्रेंसमा विजय कुमार गच्छदार सहित देउवालाईनमा रहेका श्यामलाल मेहताको उम्मेदबारी दर्ता गराउदाँ उपाध्यक्षमा एक सरकारी विद्यालयमा आर्थिक अनियमितता, ढिलास्तीमा लिप्त भएका कुमारी विभा यादवलाई उम्मेदबार बनाएपछि काग्रेंस भित्र खैलाबैला मच्चीएको छ ।
सरकारी सम्पती दोहन गर्ने , पदिय जिम्मेबारी इमान्दारी पूर्वक निर्वाह नगर्ने र जनसमुदायको भावना समेत नबुझने यादवलाई टिकट दिएर उम्मेदबार बनाएपछि काग्रेंसमा बहस सुरु भएको छ ।
स्थानीय काग्रेंसीहरुका अनुसार नेपाली काग्रेस देवानगञ्जमा बिवादीत व्यक्ति कुमारी बिभा यादवलाई उपाध्यक्षमा उमेदवार बनाएर उमेदबारी समेत दर्ता गरेकोमा केही मतदाता रुष्ट बनेका छन् ।
देवानगञ्जमा जहिले विवादमा आईरहने कहिले पार्टी त कहिले स्कूलमा विवादित छवि भएको आरोप लाग्ने कुमारी विभा यादवलाई उपाध्यक्षमा पार्टीले उमेदवार बनाएसंगै गाउँपालिकाभरि नयाँ तरङग छाएको छ । शिक्षण पेशामा आबद्ध रहदाँ पत्रकार देखि स्थानीयसंग समेत रुखो बोलीले बिवादमा तनीनुभएको यादव प्रअ रहेको स्थानीय रामजानकी आधाभुत विद्यालयको हाल बेहाल रहेको छ । प्रअ रहँदा समेत विद्यालयमा खाजा भता, भवन निमार्ण , मसलन्द लाग्यतमा अनियमिता गरेको आरोप बाहिर आएको थियो । सोही अनिमितता गर्ने यादवलाई नेपाली कांग्रेसले देवनागञ्ज गाउँपालिका उपाध्यक्ष पदको टिकट दिदाँ कांग्रेस निकटकै नेता कार्यकर्ता अंसतुष्ट बनेका छन् ।
Discussion about this post