सुरेन्द्र मेहता/ भाेक्राहा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा न. २ बाट अध्यक्ष पदको लागि समाजसेवी देवनारायण मेहता (बिरबल)ले नेकपा एमाले पार्टीबाट उम्मेदवारी दिएको छ।
वडा २ का जनता तथा मतदाताको माग अनुसार मेहताले उमेदवारी दिएको हो।
भोक्राहा नरसिंह गाउँ पालिका वार्ड न. २ बाट देवनारायण मेहताले गाउँका घरका गरिब तथा विपन्न परिवार लाई २ दशक देखि रोजगारीको माध्यम बाट सेवा गर्दे आएको र एक बर्ष देखि किसानहरुले लगाएको मकै साइलेजका लागि आफ्नै फर्मा लिएर गाई बस्तुको अहारको मुख्य स्रोत साइलेजको माध्यम बाट किसानको सेवा गर्दे आएको छ । मतदाताका अनुसार अध्यक्ष पदका दाबेदार मेहतामा सेवाको भावनाकि महसुस गरेको बताए ।
उमेदवार मेहताले समाजमा शिक्षित, विज्ञान प्रविधीको ज्ञान भएको, कर्तव्यनिष्ठ, इमान्दार, जुझारु युवाको रूपमा छवी बनाएका युवा नेता देवनारायण मेहताले आफ्नो स्थानीय निकायलाई उच्च प्राविधिक रेखांकन मार्फत् दीर्घकालीन विकास निर्मणका कामहरू गरी नमूना वडाको रूपमा पहिचान बनाउने भिजनका साथ आफनो उम्मेदवारी दिएका छ। उनले आफूले कृषि पेसामा आधारित किसानको समस्या समाधान, शिक्षा, स्वास्थ्य, दीर्घकालीन विकास निर्माण, स्वरोजगार विकासको वातावरण, उद्यमशीलता विकास लगायत स्थानिय समाजको आवश्यकतालाई पुरा गर्ने आफ्नो योजना रहेको र ती योजना अनुरूप नै आफ्नो घोषणापत्र जारी गर्ने भएकोले सम्पूर्ण मतदाताहरुलाई एक पटक घोषणापत्र पढेर मात्र आफ्नो मत दिन अनुरोध समेत गरेका छन्। भोक्राहा नरसिंह गाउँ पालिका वडा २ बाट नेकपा बाट देवनारायण मेहता, नेपाली काङ्ग्रेस बाट आलम मिया, एकीकृत समाजवादी पार्टी बाट फैयाज अन्सारी र माओवादीकेन्द्र बाट अजिम मियाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छ्न।
Discussion about this post