मान बहादुर ठकुल्ला
राजापुर / बर्दिया जिल्लाको राजापुर नगरपालिका वडा नं. ४ स्थित रहेको दीदी बहिनी साना किसान कृषि सहकारीका दिदि बहिनीहरु करोडौ को कारोबार गर्दै आईरहेका भए पनि बाढी बिमा कार्यक्रम आफ्नो कार्य क्षेत्रमा लागु भए पछि झनै खुशी भएका छन । सहकारीको मुख्य कार्यालय नेपालगन्जले मासिक रुपमा शेयर बृदि गर्नु पर्ने लक्ष्य दिने गरेको उक्त लक्ष्य पुरा गर्नमा यस बाढी बिमा कार्यक्रमले सहयोग पुर्याएको ले खुखी भएका छन भने एकदमै लगनशिल भई शेयर बृदि गर्नमा लागि परेका छन । २०६८ साल असोज ९ गते स्थापना भएको यस दिदी बहिन साना किसान कृषि सहकारीले बार्षिक करोडौको कारोबार गर्दै आईरहेको छ । ३४ जना शेयर सदस्यको ६४ हजार शेयर पुजीबाट कारोबार गरेको यस दिदी बहिनी साना किसान सहकारीमा १ करोड ४लाख ४७ हजार शेयर पुजी रहेको प्रबन्धक मिना चौधरीले जानकारी दिईन । यस दीदी बहिन साना किसानमा २५९ वटा समुहका १३१८जना शेयर सदस्य आबद्ध रहेका छन । शुरुमा यस सहकारीले महिलाहरुलाई सहकारीमा आबद्ध गराउनका लागि ठुलो चुनौति खेप्नु परेको सहकारीका अध्यक्ष सिता कुमारी भण्डारी अर्यालले बताईन ।ग्रामिण समुदायका दिदि बहिनीहरुलाई सहकारीमा आबद्ध गराऊन सहकारी शिक्षा दिदै, समुदायका व्यक्तिलाई तरकारी खेती , व्यवशायमुलक कार्यत्रम लगायतका कार्यक्रम संचालन पश्चात महिलाहरुलाई यस सहकारीमा आवद्ध गराउन सफल भएको अनुभव अध्यक्ष अर्यालले सुनाईन । हाल यस सहकारीले ३२ लाख नाफा कमाउन सफल भएको छ भने कृषि अध्ययनका लागि १२ जना लाई इजरायल पठाई सकेको समेत सहकारीका उपाध्यक्ष मिता थापाले बताईन । यस सहकारीले बिना धितोमा ४० हजार सम्म र धितो राखेर १४लाख सम्म ऋण लगानी गर्ने गरेको र हाल ६०६ जना ठुला तथा साना किसानमा ऋण लगानी गरेको सहकारीका प्रबन्धधक मिना चौधरीले बताईन ।
दिदि बहिनी साना किसान कृषि सहकारी संस्थाले १२ करोड ५० लाख को हाराहारीमा ऋण लगानी गरेको जानकारी दिइन । यस सहकारीले राजापुर नगरपालिका वडा नं १ देखि १० वडा लाई कार्यक्षेत्र बनाई विभिन्न गतिबधि संचालन गरिरहेको छ । दीदी बहिनी साना किसान कृषि सहकारीको सहकार्यमा यस क्षेत्रमा उज्यालो बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड टीकापुर ७ सत्ती कैलालीले पश्चीम नेफालमा जलबायु जोखिमयुक्त कृषिका लागि सुचाङ्कका आधारमा बाढी बिमा कार्यत्रम संचालन गरि रहेको छ । ऊक्त कार्यत्रम संचालन पश्चात यस दिदी बहिनीले कार्यक्रम संचालन भए २८८ जना शेयर सदस्य बनाउन सफल भएको सहकारी का प्रबन्धक मिना चौधरीले जानकारी दिईन । पश्चीम नेफालमा जलबायु जोखिमयुक्त कृषिका लागि सुचाङ्कका आधारमा बाढी बिमा कार्यत्रमलाई अवसरका रुपमा लिएको छ यस कार्यक्रमले समुदाय स्तरमा सहकारी शिक्षा दिन र शेयर सदस्य बृदि गर्नमा मद्दत पुगेको समेत प्रबन्धक चौधरीले बताईन ।
मान बहादुर ठकुल्ला
स्थानिय श्रोत व्यक्ति
उज्यालो बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड कैलाली
Discussion about this post