शुभ नारायण यादव /सप्तरी । नेपाल कम्युनिस्ट पार्टी,(माओवादी केन्द्र) सप्तरीमा स्थानिय तहको निर्वाचन नजिकिँदै गर्दा सप्तरीको महादेवा गाउँपालिका १ वाट चुनावी अभियान शुरू भएको छ। पालिकाको सोनरामा चुनावी अभियानको माओवादी केन्द्रका केन्द्रिय सदस्य एंव जिल्ला इन्चार्ज अशोक कुमार मण्डल,मघेस प्रदेशका सदस्य महेश प्रसाद यादवले एक समारोहबीच शुक्रबार शुरुवात गर्नु भएको हो ।
चुनावी अभियानको अवसरमा मण्डलले माओवादी केन्द्रका उम्मेदवारहरुलाई विजय गराउन पार्टी पंक्तिले एकताबद्ध भएर लाग्नु पर्ने विचार व्यक्त गर्नूभयो।
सो अवसरमा नेकपा माओवादीका तर्फबाट पालिका अध्यक्ष पदका उम्मेदवार दिपेन्द्र माझी , वडाध्यक्ष पदका उम्मेदवार राधेशयाम यादव,वडा सदस्यहरु मोहमद दाउद,सुजिता कुमारी यादव,देवन सदा,फुलोदेवी सदा,पत्रकार देवरामप्रसाद यादव,मोहमद डोमन,पार्टी जिसस कृष्णदेव मण्डल,पार्टीका वडाध्यक्ष मोहमद सकुर, अवकास प्राप्त हबल्दार सुन्दर मण्डल,राजेन्द्र मण्डल,लगायतका वक्ताहरुले माओवादी केन्द्रका उम्मेदवाहरुलाई विजय गराउन हुन आ–आफ्नो गाँउ ठाँउमा एकताबद्ध भएर प्रचार प्रसारमा जूट्न कार्यकर्ता तथा नेताहरुलाई आग्रह गर्नूभयो । सोही अवसरमा पालिका स्तरीय प्रचार प्रसार समितिको संयोजक देवरामप्रसाद यादव, पालिका स्तरीय जन परिचालन समितिको संयोजक मोहमद डोमन, आर्थिक समितिको संयोजक दिपेन्द्र माझी,सुरेन्द्रप्रसाद यादव,मनोज यादव,राधेश्याम यादव,विष्णुदेव यादव,रामु यादव,राज नारायण साह,लक्ष्मी खंग लगायत रहेका छन । त्यसै गरी वडा १ स्तरीय प्रचार प्रसार समिति संयोजकमा कृष्णदेव मण्डल, जन परिचालन समितिको संयोजक मोहमद सकुर, आर्थिक समितिको संयोजक राधेश्याम यादव, मोहमद दाउद,सुजिता कुमारी यादव,देवन सदा,फुलोदेवी सदा लगायत रहेका छन ।
Discussion about this post