सुनसरी । इनरुवामा विपक्षी दलले कांग्रेसमाझ जातीय फन्डा झिकेर फाटो ल्याउन खोजेको भन्दै त्यस्ता भ्रममा नपर्न आग्रह गरको छ । इनरुवा नगरपालिकाका मेयर पदका उम्मेदवार केदार भण्डारीले विपक्षी दलले मुस्लिम समुदायमाथि निराधार हल्ला फिजाएर जातीय सदभाव खलल हुने किसिमका अभिव्यक्ति दिने गरको प्रति सचेत गराए ।
‘विपक्षी दलहरूमा पराजित मानसिकता देखिन थालेपछि कांग्रेस मुस्लिम समुदाय विरुद्ध छ भनेर अफवाह फैलाइयो’ भण्डारीले भने, ‘यस्ता प्रोपोगण्डामा विश्वास नगरौँ ।’
इनरुवाको स्थानीय तहमा कांग्रेसले मुस्लिम समुदायलाई समेत समेटेर उम्मेदवार बनाएको बताउँदै भण्डारीले कांग्रेस जातीय एकतामा सदैव विश्वास गर्ने पार्टी भएको बताए । साथै मेयरका उम्मेदवार भण्डारीले बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा फेरी पनि कांग्रेस इनरुवामा अत्याधिक मत ल्याएर बिजयी हुने बताए । इनरुवामा गठबन्धन नभएपनि कांग्रेस एक्लैले ५ देखि ७ हजारको मत अन्तरले बिजयी हुने भण्डारीले दाबी गरे ।साथै इनरुवालाई कृषि नगरको रुपमा विकास गदै यहाँका कृषकहरूलाई १२ महिनै मल र बीउ उपलब्ध गराउने आफ्नो कार्य योजना रहेको भण्डारीले बताए । साथै कृषकहरूलाई आवश्यक सिँचाइको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्ने आफ्नो योजना रहेको बताउँदै भण्डारीले इनरुवामा सुविधा सम्पन्न नगर अस्पताल र कलेज बनाउने समेत बताएका छन् ।
Discussion about this post