सुनसरी । भोक्राहा नरसिंह गाउँपालिकाका प्रभावशाली नेता हातिम अन्सारीले चुनाव चिन्ह गुलाबको फुल रोज्नु भएको छ । गाउँपालिकाको उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएपछी उनले गुलाबको फुल चिन्हबाट चुनाव लड्ने भएका हुन् ।
युवा नेता अन्सारीको चुनाव चिन्ह आएसँगै मतदाताहरु भने उत्साहित भएका छन् । गाउँपालिकाको उपाध्यक्षमा अन्सारीले स्वतन्त्र उम्मेदवारी दिएकोले उत्साहित भएका मतदाताहरु चुनाव चिन्ह आइसकेकोले अन्सारीलाई उपाध्यक्ष पदमा मतदान गर्न पर्खाइमा बसेका हुन् ।
पालिकामा आउने नेतृत्वले सधैँ महिलालाई दोस्रो दर्जामा राख्ने गरेको र उनीहरूलाई पदमा मात्रै सीमित राख्ने प्रवृतिको अन्त्य गर्नका लागि आफूले उपाध्यक्षमा उम्मेदवारी दिएको बताउदै भोक्राहा नरसिंह गाउँपालिकाको विकास र समृद्धिका लागि आफुलाइ उपाध्यक्षमा गुलाबको फुल चिन्हमा मतदान गर्न युवा नेता हातिम अन्सारीले मतदाताहरुमा आग्रह गरेका छन् ।
Discussion about this post