रबिन्द्र यादव /नवलपरासी पश्चिम ।
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि अधिकांश राजनीतिक दलहरूले घोषणापत्र जारी गरिसकेका छन् । सत्ता गठबन्धनकै ५ दलमध्ये नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरिसकेका छन् । सत्ता बाहिर रहेका अधिकांश दलहरुले पनि आ-आफ्नो घोषणापत्र जारी गरि सकेका छन् ।
यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी,लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्।
तर, सत्तारूढ एक महत्वपूर्ण घटक नेकपा (माओवादी केन्द्र)ले भने यस पटकको स्थानीय तह निर्वाचनका लागि घोषणापत्र जारी गरेन बरु माओवादीले स्थानीय तह निर्वाचन २०७९ का सन्दर्भमा नेकपा (माओवादी केन्द्र) को अपिल भनेर करिब २ हजार ६०० शब्दको पत्र जारी गर्यो । यसै क्रममा नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका नेकपा माओवादी केन्द्रले आफ्नो घोषणापत्र जारी गरेको छ । प्रतापपुर गाउँपालिका माओवादी केन्द्रले मतदातालाई मनै लोभ्याउने किसिमको घोषणापत्र जारी गरेको हो । नेकपा माओवादी केन्द्र प्रतापपुर गाउँपालिका स्थानीय तहको निर्वाचनका लागि मुख्यत १० बुदे घोषणापत्रको पुर्णपाठ !
१) अध्यक्ष सुकन्या योजना
(क) प्रतापपुर गाउँपालिकामा कन्या जन्मदिने दम्पतीलाई सुकन्या योजना अन्तर्गत कन्याको नाममा दस हजारको बिमा गरिने छ
(ख) स्नातक स्तरको अध्ययन पूरा गर्ने अति विपन्न ,गरिब तथा दलित परिवारको कन्याहरुलाई प्रोत्साहन स्वरुप पचास हजार छात्रवृत्ति प्रदान गरिने
(ग) प्राविधिक क्षेत्रमा उच्च शिक्षा आर्जनका लागि कन्यालाई एक लाख छात्रवृत्ति प्रदान गरिने
(२) उपाध्यक्ष जननी सौभाग्य योजना
(क) गाउँपालिकामा महिलाहरुको स्वास्थय स्थितिमा सुधार ल्याउन सुत्केरी महिलाको सुत्केरी पोषण झोला योजना संचालन गरिने
(ख) गरिब विपन्न तथा भुमिहिन महिलालाई उचित निशुल्क तालिम दिई स्वरोजगार प्रवर्द्धनका लागि आर्थिक सहयोग प्रदान गरिने
(३) किसान खुशहाल योजना
(क) कृषि पशुपालन मत्यसपालन तथा पंक्षी पालन लगायत किसानको समस्या प्रत्येक वडा मार्फत संकलन गरि प्राविधिक र विषादी सहायता प्रदान गरिने
(ख) कृषि क्षेत्रमा अनुसरणिय उपलब्धि हासिल गर्ने किसानलाई हरेक बर्ष सम्मानित गरिने
(ग) कृषि सडक, सिचाइ सुविधाबाट बंचित किसानलाई प्राथमिकतामा राखि कार्य गरिने
(घ) नया प्राविधिको प्रयोग र नया बालीको प्रोत्साहन गर्ने किसानलाई अनुदान प्रदान गरिने
(ङ) किसानको केरा खेती , तरकारी तथा फलफुल, पशुपंक्षि र माछापालनको बिमा गाउँपालिकाले गरिने
(च) किसान कार्ड योजना अन्तर्गत किसानलाई कृषि कार्यको वर्गीकरण गरि कृषिमा विशेष अनुदान व्यवस्था गरिने
(छ) रासन कार्ड योजना अन्तर्गत भुमिहिन गरिब दलित तथा आर्थिक अवस्थाको अधारमा वर्गीकरण गरि रासनको व्यवस्थापन गरिने
(४) शिक्षा विकास योजना
(क) पालिकामा रहेका सामुदायिक विद्यालयहरुमा विद्यार्थीको संख्याको आधारमा अपुग रहेका शिक्षकको पदपूर्ति गरिनुको साथै प्रत्येक आधारभुत र माध्यमिक विद्यालयहरुमा एक जना अनमी वा सि.एम.ए अध्ययन गरेको शिक्षकको व्यवस्थापन गरिने
(ख) हरेक आधारभुत र माध्यमिक विद्यालयहरुमा डिजिटल माध्यमबाट अध्ययन अध्यापन गराइने
(ग) सबै विद्यालयहरुमा शैक्षिक समस्या समाधानको लागि मासिक रुपमा शिक्षक अभिभावक संवाद योजना संचालन गरिने
(घ) पालिका स्तरमा विषयगत रुपमा उत्कृष्ट शिक्षकलाई सम्मानित गरिने
(५) जन सुनवाई योजना
(क) हरेक महिना प्रत्येक वडाहरुमा वडा पदाधिकारीहरुको सहभागीतामा जन सुनवाइ योजना संचालन गरि उचित आवश्यकता तथा समस्या माथि तत्काल पहलकदमी गरिने
(ख) प्रत्येक वडाहरुमा त्रैमासिक सार्वजनिक सुनुवाइ मार्फत प्रगति प्रतिवेदन सार्वजनिक गरिने
(ग) पालिकाको गुनासो सुन्ने अधिकारीले दिएको सुझावलाई पालिकाको बैठक मार्फत संबोधन गरिने
(६) भौतिक पुर्वाधार योजना
(क) दुई बर्ष भित्र गाउँपालिकाको निजी भवन निर्माण गरिने
(ख) पालिका भित्र रहेका निर्माणाधीन भौतिक पुर्वाधार योजनाको निरन्तरता र योजनामा नपरेका भौतिक पुर्वाधारको कार्यलाई तिब्रता दिइने
(ग) धार्मिक सांस्कृतिक दृष्टिले महत्त्व बोकेका कार्यहरुलाई योजना बनाई सम्पन्न गरिने
(घ) आर्थिक सामाजिक दृष्टिले पछाडि परेका वर्ग समुदायको निम्ति सामाजिक कार्यमा विशेष योजना संचालन हुने
(७) स्वास्थ्य सुधार योजना
(क) स्वास्थ्य संस्थाहरुमा आवश्यकता अनुसारको स्वास्थ्य उपकरण सहित स्वास्थ्य केन्द्रको व्यवस्थापन गरिने
(ख) क्यान्सर रोगका पिडितहरुलाई निदान खर्च उपलब्ध गराइने
(ग) स्वास्थ्य संस्थामा अपुग जनशक्तिलाई पालिकाबाट पदपूर्ति गर्ने
(घ) मधुमेह क्यान्सर मुटु रोगको परिक्षण निशुल्क गरिने
(ङ) शारीरिक मानसिक रुपले अशक्त व्यक्तिहरुको अवस्था हेरि विशेष सहायता संबंधित योजना संचालन गरिने
(८) युवा सौभाग्य योजना
(क) पालिकामा सुविधाजनक खेल मैदानको व्यवस्थापन गरि खेलकुद प्रवर्द्धन गरिने
(ख) आधारभुत र मावि तहको विद्यार्थीहरुलाई गाउँपालिकाबाट अङ्ग्रेजी गणित र विज्ञान विषयको निशुल्क कोचिङ्ग कक्षा संचालन गरिने
(ग) रोजगारीको सिलसिलामा विदेशमा रहेका युवाहरुलाई कुनै समस्या भएमा उद्दार तथा आर्थिक सहयोग प्रदान गरिने
(९) विविध
(क) घरघरमा सीप- बढ्दो युवा बेरोजगारी न्युनिकरणको लागि युवाहरुको आवश्यकताको आधारमा सीप विकास निम्ति तालिम प्रदान गरि युवा स्वरोजगार सृजना गरिने
(ख) लोकसेवा आयोग, शिक्षक सेवा आयोग, न्याय सेवा आयोग, प्रहरी सेवा आयोग तयारीको निम्ति विशेष कक्षा संचालन गरि दक्ष जनशक्ति निर्माण गरिने उल्लेख गरेका छन् ।
Discussion about this post