शुभ नारायण यादव /सप्तरी । मे १ अर्थात विश्व मजदुर दिवसकाे अवसरमा सप्तरी सहित विश्वि ने विभिन्न कार्यक्रम गरि भव्यतापुर्वक मनाइएको छ । साेहि क्रममा एकीकृत ट्रेड युनियन महासंघ जिफन्ट नेपालकाे आयाेजनामा सप्तरीको डाक्नेश्वरि नगरपालिका ५ पाताे बजारमा बृहत् जुलुस प्रदर्शन गरेकाे छ । पाताे बजार स्थित हटियाबाट निकालिएको बृहत् जुलुस हजाराे महिला तथा पुरुषहरुकाे सहभागितामा पाताे बजारकाे परिक्रमा पश्चात् पुन हटिया बजारम पुगेर बिराेध सभामा परिणत भएको थियाे । एकीकृत ट्रेड युनियन महासंघ जिफन्ट नेपालका प्रदेश सदस्य गायत्री पण्डितकाे अध्यक्षता तथा डाक्नेश्वरि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम किसुन यादवकाे प्रमुख आतिथ्यमा आयाेजित साे सभामा जिफन्टका प्रदेश कमिटि सदस्य राम अवतार यादव , जिफन्टके गणेश कुमार चाैधरी ,युवा पत्रकार शुभ नारायण यादव , लक्ष्मि चाैधरी , महेन्द्र सदा लगायतका बक्ताहरुले सम्पुर्ण मजदुरहरु एक जुट भइ मजदुरहरुकाे हक अधिकार सुनिश्चितता हुनुपर्नेमा जाेड दिएका थिए । त्यसैगरी नेकपा (माओवादी केन्द्र )का भातृ संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ सप्तरीले १३३ औं अन्तराष्टिय मजदुर दिवस एक कार्यक्रम गरी यहाँ मनाइएको छ । अखिल नेपाल ट्रेडयुनियन महासंघ सप्तरीका अध्यक्ष रामचन्द्र यादवको अध्यक्षता तथा नेकपा (माओवादी केन्द्र )का प्रस्तावित केन्द्रीय सदस्य उमेश यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेकपा (माओवादी केन्द्र )का प्रस्तावित केन्द्रीय सदस्य शिवराम यादव,महिला नेतृ लक्ष्मी चौधरी,राजविराज नगरपालिकाका प्रमुख पदका उम्मेदवार शम्भु यादव लगायतले १३३ औं अन्तराष्टिय मजदुर दिवसको वारेमा आफनो विचार ब्यक्त गरेका थिए ।
Discussion about this post